धनकुटाका फुटवल खेलाडीहरूका लागि कार्यपालिका सदस्य दिलकुमार राईले गरे सहयोग
धनकुटा । धनकुटाका फुटवल खेलाडीहरूका लागि करिब ३० हजार मूल्य बराबरको खेल सामग्री प्रदान गरिएको छ । धनकुटा नगरपालिकाका कार्यपालिका सदस्य दिलकुमार राईले ३० हजार बराबरको खेल सामग्री लोकतान्त्रिक खेलकुद संघलाई उपलब्ध गराएका हुन ।
धनकुटामा बिहिबार कार्यक्रम आयोजना गरी एक दर्जन फुटबल सहित खेल सामग्री प्रदान गरिएको कार्यपालिका सदस्य दिल कुमार राईले जानकारी दिए । कार्यक्रममा लोकतान्त्रिक खेलकुद संघका अध्यक्ष सम्भु प्रधानले दाताहरूको योगदानलाई धन्यबाद दिँदै यसले जिल्लाको खेल क्षेत्रको विकासमा थप सहयोग पुग्ने बताएका छन्। लोकतान्त्रिक खेलकुद संघले आगामी दिनमा थप प्रतियोगिता तथा प्रशिक्षण कार्यक्रम सञ्चालन गरी जिल्लामा खेलकुदको स्तर उकास्न कटिबद्ध रहेको जानकारी गराएको छ।
लोकतान्त्रिक खेलकुद संघका अध्यक्ष सम्भु प्रधानको संयोजकत्वमा सम्पन्न कार्यक्रममा धनकुटा नगरपालिकाका कार्यापालिका सदस्य दिलकुमार राई, वडासदस्य गोविन्द राई, नेपाल पत्रकार महासंघ धनकुटाका पुर्व अध्यक्ष राजेश्वर बहादुर श्रेष्ठ , सहिद भीमनारयण प्रतिष्ठानका अध्यक्ष पुरेन्द्रलाल श्रेष्ठ ,खेलप्रेमी र खेलाडीहरूको उपस्थिति रहेको थियो ।


