एमाले निकट नेपाल खेलकुद महासंघले आफ्नै भवन बनाउने

काठमाडौं, १२ पुस । नेपाल खेलकुद महासंघको केन्द्रीय सचिवालय बैठकले केन्द्रीय कार्यालय बानेश्वरमा सम्पन्न भएको छ । 

बैठकले महासंघको आफ्नै भवन निर्माण गर्ने  निर्णय गरेको छ ।  महासंघका केन्द्रीय अध्यक्ष पर्शुराम बस्नेतको अध्यक्षता तथा नेकपा एमाले महासचिव शंकर पोखरेलको प्रमुख आतिथ्यतामा बैठक भएको हो ।

बैठकमा पार्टी स्थायी कमिटी सदस्य तथा जनसंगठन संयन्त्र प्रमुख भानुभक्त ढकाल, पार्टी पोलिटब्युरो सदस्य सुजिता शाक्य, पार्टी केन्द्रीय सदस्य तथा खेलकुद महासंघ इन्चार्ज जेएन थपलिया लगायतको सहभागिता थियो । 

बैठकले पदाधिकारी बैठकको निर्णय अनुमोदन गर्नुका साथै दसौँ बृहत् राष्ट्रिय खेलकुद, राष्ट्रिय संघ र ओलम्पिक कमिटी, महासंघका घटक संघ व्यवस्थित गर्ने,  सामाजिक सञ्जालमा नीति र नेता रक्षा तथा सकारात्मक जनचेतना मूलक अभियान सञ्चालन, वडा तहसम्म राजनीतिक वैचारिक प्रशिक्षण सञ्चालन, जनतासँग जनसंगठन विशेष अभियान तथा  प्रदेश र जिल्ला कमिटीका अधिवेशन सम्बन्धमा छलफल भएको छ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।