प्रजातान्त्रिक आन्दोलनमा पिएल सिंहको भूमिका महत्त्वपूर्ण : उपप्रधानमन्त्री सिंह

काठमाडौं । उपप्रधानमन्त्री एवं सहरी विकास मन्त्री प्रकाशमान सिंहले नेपालको प्रजातान्त्रिक आन्दोलनमा पिएल सिंहको भूमिका महत्त्वपूर्ण रहेको बताएका छन्। 

शनिबार सिंहको १३ओैं दिनको पुण्यतिथिमा नेपाली कांग्रेस काठमाडौं जिल्ला कार्यसमितिले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले पिएल सिंहले ०४२ सालको सत्याग्रह र ०४६ सालको जनआन्दोलनमा पुर्‍याएको योगदानको स्मरण गरे। कांग्रेस पूर्वमहामन्त्रीसमेत रहिसकेका सिंहले पिएल सिंहले प्रजातान्त्रिक आन्दोलनसँगै असहज बेलामा आफ्नो परिवारको समेत ख्याल गरेको बताए।   

‘२०४२ सालको सत्याग्रह र २०४६ सालको जनआन्दोलनका बेलामा उहाँले महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुभयो। उहाँ  सरल र सहज स्वभावको हुनुहुन्थ्यो। सबैले स्वीकार गर्ने र  सबैसँग भिज्न सक्ने क्षमता उहाँमा थियो। भारतका तत्कालिन प्रधानमन्त्री चन्द्रशेखर र पिबि नरसिंह रावसमेत उहाँसँग प्रभावित हुनुले उहाँको क्षमता बुझ्न सकिन्छ,’ उनले भने।

पिएल सिंह गणेशमान सिंहसँग मात्र नभइ सन्त नेता कृष्णप्ररसाद भट्टराईको पनि प्रिय रहेको सिंहले स्मरण गरे। पिएल सिंह आफूलाई प्राप्त भूमिकालाई गम्भिरताका साथ निभाउने नेता भएको उनले बताए।

त्यस्तै काठमाडौं नगरपालिकाको मेयर निर्वाचित भएपछि पिएलले आफ्ने कार्यकालमा काठमाडौंलाई महागनगर बनाएको र काठमाडौंको विकासका लागि अन्तराष्ट्रिय सहयोग जुटाएर आधुनिक सहर बनाउन नेतृत्वदायी भूमिका खेलेको सन्दर्भ पनि  सिंहले चर्चा गरे।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।