नेपाल- भारतका उच्च सुरक्षा अधिकारीहरुको बैठकको बर्दिबासमा

सञ्जय मिश्रा/रौतहट, १४ पुस। नेपाल र भारतका उच्च सुरक्षा अधिकारीहरुको बैठक मधेश प्रदेशको बर्दिबासमा सम्पन्न भएको छ।

नेपाल र भारतको सीमा क्षेत्रमा हुने अबैध गतिबिधि पुर्ण रुपमा नियन्त्रण गर्ने दुईदेशिय उच्च सुरक्षा अधिकारीहरुको बैठकले निर्णय गरेको हो।

सशस्त्र प्रहरी बल नेपाल र भारतीय सशस्त्र सीमा सुरक्षा बल एसएसबी बीच छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरी बर्दिबासमा भएको संयुक बैठकले उक्त निर्णय गरेको हो। सशस्त्र प्रहरी बल¸ नेपाल नम्बर २ को आयोजनामा डिआईजी स्तरीय बैठक शनिवार साँझ सम्पन्न भएको छ ।

सशस्त्र प्रहरी बल नेपाल तथा भारतीय सशस्त्र सीमा सुरक्षा बल एसएसबी बीच नियमित रुपमा हुने  स्तरीय समन्वयात्मक बैठकको आयोजना सशस्त्र प्रहरी बल नेपाल नम्बर २ छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरीले गरेको हो। ​

 

दुईपक्षीय बैठकमा सीमा सुरक्षा¸ सीमा अपराध नियन्त्रण तथा रोकथाम लागूऔषध नियन्त्रण¸ सीमामा हुने अपराधिक गतिविधि नियन्त्रण लगायतका विषयमा छलफल भएको थियो । कार्यक्रमले सीमा सुरक्षालाई अझ प्रभावकारी बनाउदै अघि बढ्न सहयोग मिल्ने सशस्त्र प्रहरी बल नम्बर २ बाहिनीले जानकारी गराएको छ।

 

बैठकमा सशस्त्र प्रहरी बल¸ नेपाल नम्बर २ छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरीका बाहिनीपति डीआईजी कालीदास धौवजी , भारतीय सशस्त्र सीमा सुरक्षा बल एसएसबीको सेक्टर हेडक्वार्टर मुजफ्फरपुरका डिआईजी दीपक कुमार, आईपिएस सेक्टर हेड क्वाटर पूर्णियाका डिआईजी राजेश टीकु, सेक्टर हेड क्वाटर बेतियाका डिआईजी एस सुब्रमन्यमको उपस्थिति रहेको प्रदेश प्रवक्ता तथा सशस्त्र प्रहरीका एसएसपी सुरजसेन ओलीले बताएका छन्।

त्यसैगरी दुईदिने कार्यक्रममा मधेश प्रदेश स्थित सशस्त्र प्रहरी बल  नेपालका गणपतिहरु ,निमित्त गणपतिहरु लगायतका अधिकृतहरु , एसएसबीका  बटालियन कमाण्डेन्टहरु लगायतको उपस्थिति रहेको सशस्त्र प्रहरी मधेश प्रदेश कार्यालय बर्दिवासले जनाएको छ।
 

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।