पिताको स्मृतिमा जग्गा दान, उर्लाबारी-९  थक्लुङ चोकमा बन्ने भयो खेल मैदान

मोरङ, १४ पुस । उर्लाबारी-९  थक्लुङ चोकमा खेल मैदान बनाउने काम थालिएको छ ।

 स्थानिय चन्द्र छाराहाङ राईले एक बिगाहा ५ कठ्ठा  स्वर्गीय बुवा हस्तबहादुर राईको स्मृतिमा  खेल मैदान बनाउन जग्गा दान गरेपछि स्थानियले आजबाट खेल मैदान बनाउन सुरु गरिएको हो। 

 

हस्तबहादुर छाराहाङ राई (आठपहरिया) स्मृति प्रतीष्ठान  स्मारक खेल मैदान संरक्षण तथा सम्वधर्न नामक समितिले जेसिभी लगाएर खेल मैदान जाने बाटो बनाउने र मैदान मर्मत सम्भारको काम सुरु गरेको हो। 

मैदान बनाउन यस अघि नै स्थानीय युवा व्यवसायी तथा युवा समाजसेवी अमृत थक्लुङ को अध्यक्षतामा समिती गठन भएको छ। 

 हस्तबहादुर छाराहाङ राई (आठपहरिया) स्मृति प्रतीष्ठान  स्मारक खेल मैदान संरक्षण तथा सम्वधर्न नामक समितिको उपाध्यक्षमा शान्ति राई, सचिबमा शिक्षासेबि गजेन्द्र राई , सहसचिवमा पुर्ण बहादुर दाहाल र  काेषाध्यक्षमा चित्रकला खवास(मिना) रहेका छन् ।

 

यस्तै सदस्यहरुमा योगेस प्याकुरेल,ओम दर्लामी मगर,लोकेन्द्र बहादुर लिम्बू  र कोपिला राई रहेकी छिन।

 

हस्तबहादुर छाराहाङ राई (आठपहरिया) स्मृति प्रतीष्ठान  स्मारक खेल मैदान संरक्षण तथा सम्वधर्न समितिका सचिब गजेन्द्र राईले मैदानका लागि जग्गा उपलब्ध गराउनुहुने जग्गादाता र देशबिदेसबाट सहयोग गर्नुहुने सबैलाई धन्यवाद तथा आभार प्रकट गरे। 

उनले मैदान निर्माणका लागि सहयोगको अपिल समेत गरे। 

खासमा स्थानीय स्तरमा खेल मैदान नहुदा यहाँका युवाहरु खेल खेल्न अन्यत्र जानू पर्ने अबस्था छ ।
 यसलाई समाधान गरौ र यहाँ ठुला ठुला खेल प्रतियोगिता गरेर गाउँको चिनारी बढाउने उदेश्य हो, अध्यक्ष अमृत लिम्बुले भने । 
उनले मैदानको लागि सबैले सहयोग पुरियाउन अनुरोध गरेका छन । 

बुवाको स्मृतिमा जग्गादान गर्नुभएका छोरा चन्द्र छाराहाङ राई भन्छन:  हाम्रो पिता पुर्खाको नाम जिबन्त अमर रहन्छ, स्थानिय स्तरमा खेल खेल्ने मैदान बन्छ भने किन सहयोग नगर्ने ?
उनले भाबी सन्ततिलाई खेलकुदको लागि सहज हुने बिस्वास गरे।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।