एनपीएल बिजेता जनकपुर ब‍ोल्टसलाई रौतहटमा भब्य स्वागत

सञ्जय मिश्रा /रौतहट, १४ पुस ।  नेपाली प्रिमियर लिग (एनपीएल)  विजेता टीम जनकपुर बोल्ट्सका खेलाडीहरुलाई रौतहटको सदरमुकाम गौरमा भव्य रुपमा स्वागत गरिएको छ  ।

हालै काठमाडौंमा सम्पन्न प्रथम एनपीएलका ट्रफी विजेता टिम जनकपुर बोल्ट्सका खेलाडीहरु लाई गौर नगरपालिकाका मेयर शम्भु साह लगायतका संघ संस्थाले भव्य स्वागत गरेको हो।

एनपीएल सिजन १ का विजेता  बोल्ट्सका खेलाडीहरूलाई मेयर साहको नेतृत्वमा भव्य स्वागत गरिएको छ। मेयर साहले खेलाडीहरूलाई फूलमाला लगाएर सम्मानपत्र प्रदान गर्दै सम्मान गरेको हो।

 

सम्मान कार्यक्रममा जनकपुर बोल्ट्सको जितलाई ऐतिहासिक उपलब्धि भएको भन्दै मेयर शम्भु साहले स्थानीय खेलकुदको विकास र प्रोत्साहनमा योगदान पुर्‍याउने प्रतिबद्धता जनाएका थिए । 

जनकपुर बोल्टसका व्यवस्थापन पक्षले ट्रफी, र खेलाडी सहित मधेश प्रदेशको आठ वटै जिल्लामा जाने कार्यक्रम अनुसार आईतवार विहान गौर पुग्दा खेलाडीहरू लाई भव्य रुपमा स्वागत गरेका थिए।

त्यस अघी क्रिकेट संघ रौतहटको आयोजनामा बोल्ट्सका खेलाडी र व्यवस्थापन पक्षलाई विभिन्न झाँकी प्रदर्शन गर्दै गौर राइस मिल्समा स्वागत गरिएको थियो। 

सम्मान कार्यक्रममा स्थानीय विद्यालयका विद्यार्थीहरु, नगरवासीहरु, खेलप्रेमिहरु, संघका पदाधिकारीहरु सहित सयौं नागरिकहरुको सहभागिता रहेको थियो।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖