नेकपा एसमा प्रवेश गर्नु अघि बामदेवले राखे सर्तै सर्त

काठमाडौं, १५ पुस । बामदेव गौतमले नेकपा एकीकृत समाजवादीमा प्रवेश गर्ने सम्भावना रहेको जनाएका छन ।

 

आलोकनगरस्थित नेकपा एसको केन्द्रिय कार्यालयमा पुगेका गौतमले पार्टी प्रवेशका लागि सर्तहरू राखेको जनाएका छन ।

 

नेकपा एसका अध्यक्ष माधवकुमार नेपालसँग भेटबार्ता गरे पछि गौतमले भने, ‘पुराना कुरा स्मरण गरियो, नयाँ आकासमा कसरी उडने भन्ने छलफल भयो, र पार्टीमा सँगै जाने बारेमा सकारात्मक कुरा भएको छ, हेरौं अब के हुन्छ ?’ 

 

पार्टी कार्यकारी राष्ट्रपतिको अजेन्डामा जानु पर्ने, अभिब्यक्ति स्वतन्त्रता हुनु पर्ने तथा केन्द्रिय सदस्य पुर्णकालिन हुनु पर्नेलगायतका सर्त राखेको उनले जानकारी दिएका छन । उनका अनुसार अध्यक्ष नेपालले पार्टी भित्र छलफल गरेर खबर गर्ने आश्वासन दिए पछि बैठक सकिएको थियो ।

 

नेकपा एसले तेस्रो मर्यादाक्रममा राखेर गौतमलाइ पार्टी भित्र प्रवेश गराउने प्रयास गरिरहेको छ, त्यसैको सिलसिलामा उनी आज नेकपा एसको केन्द्रिय कार्यालय पुगेका हुन् । 
 

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।