बालबिबाह मुक्त अभियान सुरू, प्रधानमन्त्रीको शुभकामना

काठमाडौँ, १६ पुस । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाललाई ‘बाल विवाह मुक्त नेपाल राष्ट्रिय अभियान’ सफल बनाउन शुुभकामना दिएका छन् ।

प्रधानमन्त्री निवास, बालुुवाटारमा अभियानकर्मीहरुसँग आज भएको भेटमा प्रधानमन्त्री ओलीले राष्ट्रिय बाल कल्याण परिषद्को अगुवाइमा आजदेखि आरम्भ भएको सो अभियानलाई शुुभकामना दिएका हुन्।

 

बाल विवाह एक सामाजिक समस्या र कानुनी अपराध भएकाले यसविरुद्ध अभियान सञ्चालन गरी नेपाललाई बाल विवाह मुक्त बनाउने सङ्कल्पमा प्रधानमन्त्री ओलीले हस्ताक्षर पनि गरे । मुलुकी अपराध संहिता, २०७४ मा बाल विवाहलाई दण्डनीय मानेको छ ।

भेटमा पूर्व महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरी, लुुम्बिनी प्रदेशका पूर्व मुुख्यमन्त्री डिल्लीबहादुर चौधरी, भारतको ‘जष्ट राइट्स फर चिल्ड्रेन’ का संस्थापक भुवन रिम्भुु र बाल विवाह भोगेर हाल यसविरुद्धको अभियानमा सम्लग्नहरुको उपस्थिति रहेको थियो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।