बागमती प्रदेशस्तरीय तेक्वान्दो लिग शुक्रबारबाट, ३ सय खेलाडी सहभागी हुने

काठमाडौं, १९ पुस  ।  बागमती प्रदेशस्तरीय खुला तेक्वान्दो लिगको दोस्रो संस्करण शुक्रबारदेखि सुरू हुदैँछ ।

 

लिगमा पुरुष/ महिलातर्फ समान पाँच गरि १० तौलसमूहमा प्रतिस्पर्धा हुने आयोजक टोखा नगरपालिकाका मेयर प्रकाश अधिकारीले जानकारी गराए ।

 

पुरुषमा ४६-५०, ५०-५४, ५४-५८, ५८-६३ र ६३-६८ केजी तौलसमूहमा खेल हुनेछ । महिलामा ४०-४३, ४३-४६, ४६-४९, ४९-५३ र ५३-५७ केजीमा भिडन्त हुनेछ ।

 

प्रतियोगितामा करिब ३०० खेलाडीको सहभागिता रहने एसकेबसिी तेक्वान्दो डोजाङका प्रमुख प्रशिक्षक रन्जित डगौराले जानकारी दिए ।

 

काठमाडौं जिल्ला समन्वय समिति र बागमती प्रदेश तेक्वान्दो संघको प्राविधिक सहयोगमा हुने प्रतियोगितामा शीर्ष तीन स्थान हासिल गर्ने खेलाडीलाई क्रमशः १०, सात अंक र तीन अंक प्रदान गरिने छ ।

 

प्रत्योक तौल समूहका पदक विजेतालाई अर्को लिगमा खाना, बसोवास र यातायातको सुविधा प्रदान गरिनेछ भने प्रतियोगिताका खेलहरु टोखा नगरपालिका वडा-५ को कार्यालयमा हुनेछन् ।

 

३/३ महिनाको अवधिमा सञ्चालन गर्ने गरि सुरुआत गरिएको लिगको तेश्रो संस्करण फागुन र चौथो संस्करण आगामी जेठमा हुने आयोजकले जनाएको छ । पहिलो संस्करण स्युचाटारस्थित नागर्जुन कभर्डहलमा गत भदौमा भएको थियो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖