उर्लाबारी आगलागी घटनाका पीडित भन्छनः ‘जिँउदो लाश भएर बाँचेका छौ’

उर्लाबारी, २२ पुस । २०८० साल  कात्तिक २६ गते । लक्ष्मीपूजाको दिन । मोरङको उर्लाबारी–७ बरगाछीस्थित दीपक कार्कीको घरमा रहेको सुनचाँदी पसलमा भएको आगलागीमा परी पाँच जनाको मृत्यु भयो। 

 

आगलागी नियन्त्रणका क्रममा ४ प्रहरी र २४ स्थानीय गरेर २८ जना घाइते भए । सो आगलागी परि घाईते भएकाहरुले क्षतिपूर्ती नपाएको र जिवनयापन गर्न सकस भएको बताएका छन् ।

 

‘मर्नेहरु त मर्नुभयो, परिवारलाई दुखपीडा त अवश्य हुन्छन नै, हामी पनि जिँउदो लाश भएर बाँचेका छौ, बहुत पीडा छ । बरु मरेकै भए हुन्थियो जस्तो लाग्छ, घाईते राजिव दियालीले भने, हाम्रो पक्षमा बोलदिने कोहीँ छैन, न त नप्रतिनिधिको साथ छ।’ उनले घरधनि पनि आफ्नो हितमा मात्रै लागिपरेको आरोप लगाए।

उर्लाबारीमा अलराउण्ड डान्स सेन्टर सन्चालन गर्छन दियाँली । डान्स सेन्टर सन्चालन गरेर जिविकोपार्जन भईरहेको थियो । तर दियालीलाई आगलागीमा परेपछि निक्कै समस्या भईरहेको छ। उनी भन्छन्, ‘जलेपछि पहिले जस्तो काम गर्न सकेको छैन्। जलन भएको हात चिलाउछ, पोल्छ । बाहिर खुलेर निस्किन सकेको छैन् । काममा फर्किन सक्या छैन्।’

 

‘अरुको घर परिवार जोगाउन ज्यानको बाजि लगाएर लाँगियो, कतिको ज्यान गयो । तर घरधनीले फर्किएर हेर्नुभएको छैन’, दियालीले भने ।

आगलागीमा परेर घाईते भएका २७ बर्षीय बिक्रम शाहाको पीडा दियालीको भन्दा कम छैन् । छुट्टै छ । आगलागीमा पर्नु अघि उनी किरानामा काम गर्थे, सगाँउथे । मासिक १० हजार तनखा हुन्थियो । तर अहिले उनी स्वास्थ्य अवस्थाको कारण काममा फर्किन सकेका छैनन् ।

 

एक छोरी र श्रीमतीसँग बस्दै आँएका शाह हात खुट्टा ढाड र गालामा जलन भएको बताउँछन् । कैयौंँ रात भोकै सुतेको उल्लेख गर्दै उनले नुन पानी भात खाँएर पनि रात कटाएको उल्लेख गरे । उनी भन्छन्, ‘म काम गर्न सक्दिन, श्रीमतीलाई जागिर भए हुन्थ्यो’

 

सम्भवतः नेपालकै ठुलो घटना हो, उर्लाबारीमा आगलागी । राज्यका हरेक निकायको चाँसो भएको थियो । आाश्नवासन र सपनाहरु देखाईएको थियो ।
तर अहिले सबै कुरा सेलाएको र आफूँहरुको समस्या ज्यूँका त्यूँ रहेको आगलागी पीडितको दुखेसो छ ।

 

सुन पसलमा भएको आगलागीमा परी उर्लाबारी नगरपालिका—७ का ४३ वर्षीय रामनरेश मरिता, ६८ वर्षीय रुकुमबहादुर कार्की, ४२ वर्षीय कुमार तामाङ, ४९ वर्षीय हेमकुमार दाहाल र ४३ वर्षीय तपन पण्डितको मृत्यु भएको थियो ।

 

आगलागी नियन्त्रणमा लिने प्रयास गरिररहेका बेला ग्यास सिलिण्डर विष्फोट भएको थियो । सो घटनामा चार प्रहरीसहित २८ जना स्थानीय घाइतेसमेत भएका थिए । आगलागीबाट साढे तीन करोड बराबरको क्षति भएको थियो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।