माओवादी केन्द्रिय समिति पुस २४ सम्म लम्बिने

काठमाडौं, २२ पुस । नेकपा माओवादी केन्द्रको केन्द्रिय समिति बैठक पुस २४ सम्म सञ्चालन हुने भएको छ ।

गत आइतबारदेखि सुरु भएको केन्द्रीय समिति बैठकमा सबै केन्द्रिय सदस्यले धारणा राख्ने भए पछि पुस २४ सम्म सञ्चालन हुने भएको हो ।

 

अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हिजो पेस गरेको राजनीतिक प्रतिवेदनमाथि छलफल गर्न प्रत्येक सदस्यलाइ तीन–तीन मिनेटको समय निर्धारण गरिएकाले पनि समय नपुग्ने भन्दै पुस २४ सम्म लम्बाइएको हो ।

आजको बैठक बिहान ११ बजेदेखि धुम्बाराहीस्थित स्मार्ट दरबार  ब्याङ्क्वेटमा बस्दैछ । बैठकमा  प्रचण्डले ३० पृष्ठ लामो प्रतिवेदन पेस गरेका छन, जहाँ आज र भोली केन्द्रिय सदस्यहरूले धारणा राख्नेछन भने पुस २४ गते अध्यक्ष प्रचण्डलगायतका पदाधिकारीले जवाफ दिए पछि सम्पन्न हुने गरी कार्यतालिका निर्धारण गरिने भएको छ ।

 

त्यसका लागि अहिले स्थायी कमिटीको बैठक चलिरहेको छ। 

 

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।