कोशी लोकमार्गमा सवारी चालक तथा सह-चालकहरुको स्वास्थ्य परिक्षण तथा लापसे जाँच

मोरङ, पुस २३ गते । मोरङको बुढिगंगा गाउँपालिका-४ स्थित कोशी लोकमार्गमा सवारी चालक तथा सह-चालकहरुको स्वास्थ्य परिक्षण तथा लापसे जाँच गरीएको छ ।

पुस २३ गते कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक राजन अधिकारीको प्रमुख आथित्यता तथा जिल्ला प्रशासन कार्यालय मोरङका प्रमुख प्रेम प्रसाद भट्टराईको अध्यक्षतामा भएको कार्यक्रममा सडक सुरक्षा र दुर्घटना न्यूनीकरणका लागि सवारी चालक तथा सहचालकहरुको स्वास्थ्य परिक्षण तथा लापसे जाँच गरीएको थियो ।

उक्त कार्यक्रमलाई सम्वोधन गर्नु हुँदै प्रमुख अतिथि अधिकारीले सवारी साधन हाम्रो दिनचर्यालाई सहज बनाउन अति आवश्यक भएको तर सवारी साधनबाट हुने दुर्घटना हाम्रो सामु ठुलो चुनौतीकोरुपमा रहेको छ । यस्ता विविध कारणबाट हुने सवारी दुर्घटनाहरु मध्ये सवै भन्दा बढी चालकको लापर्वाहीको कारणबाट भएको तथ्यांकले देखाउछ । ति मध्ये कतिपय दुर्घटनाहरु चालकहरुको स्वास्थ्य अवस्था कमजोर भएर पनि हुने गरेको कारण एउटा स्वस्थ्य चालकले मात्र सुरक्षित यात्रा सुनिश्चित गर्न सक्छ भन्ने उद्धेश्यले स्वास्थ्य शिविरको आयोजना गरिएको बताउनु भयो ।

जिल्ला प्रशासन कार्यालय मोरङ, जिल्ला प्रहरी कार्यालय मोरङ, जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङ र बुढिगंगा गाउँपालिका तथा बिराट टिचिङ अस्पतालको सहकार्यमा संचालन भएको स्वास्थ्य शिवरमा ५० जना सडक प्रयोगकर्ता ५५ जना चालक तथा सहचालकहरुको स्वास्थ्य परिक्षण गरिएको थियो भने ११ जना सवारीका चालकहरुले लापसे सेवन गरेको पाईएकोले आवश्यक कारवाहीको लागी नियन्त्रणमा लिईएको छ ।

कार्यक्रममा जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी प्रमुख प्रहरी उपरीक्षक नारायण प्रसाद चिमरीया, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक ब्यावस्थापन कार्यालय इटहरीका प्रमुख प्रहरी उपरीक्षक विनोद घिमिरे, बिभिन्न सुरक्षा निकायका प्रमुखहरु स्थानिय जनप्रतिनिधिहरु तथा संचारकर्मीहरुको उपस्थिति रहेको थियो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।