भगवान बुद्धको जीवन र बुद्धत्व प्राप्तिसँग सम्बन्धित महाबोधि बौद्ध मन्दिर :मानवी मोक्तान

मानवी मोक्तान । भारतकाे बाेधगया बाैद्व धर्मलम्बीहरुकाे ४ धाम मध्ये एक महत्त्वपूर्ण धाम हाे । जहाँ भगवान् गाैत्तम बुद्वले बुद्वत्व प्राप्त गरेको ठाउँ हाे ।महाबोधि मन्दिर परिसर, बोध गया बिहार राज्यको राजधानी पटनाबाट ११५ किलोमिटर दक्षिणमा र पूर्वी भारतको गया जिल्लाको मुख्यालयबाट १६ किलोमिटर टाढा अवस्थित छ। यो भगवान बुद्धको जीवनसँग सम्बन्धित चार पवित्र स्थलहरू मध्ये एक हो, र विशेष गरी बुद्धत्व प्राप्तिसँग सम्बन्धित छ।

महाबोधि मन्दिर परिसर ईसापूर्व तेस्रो शताब्दीमा सम्राट अशोकले बनाएको पहिलो मन्दिर हो, र वर्तमान मन्दिर ५ औं-६ औं शताब्दीको हो। यो पुरानो बौद्ध मन्दिरहरू मध्ये एक हो जुन पूर्णतया इट्टामा बनेको छ । बोधगयामा रहेको वर्तमान महाबोधि मन्दिर परिसरमा ५० मिटर अग्लो भव्य मन्दिर, वज्रासन, पवित्र बोधिवृक्ष र बुद्धको ज्ञान प्राप्तिका अन्य छवटा पवित्र स्थलहरू छन्, वरिपरि रहेकाछन् । प्राचीन भोटिभ स्तूपहरू छन्,स्तूप छ्याेर्तेन भित्री मध्यद्वारा मा भगवान् गाैत्तम बुद्वकाे मुर्ति प्रतिमा सुनले पाेतिएकाे झलल बलिरहेकाे अवस्थामा छ ।विश्व भरका बाैद्व भिक्षुहरु ,सामान्य साधक तथा भक्त जनले माेन्लम पाठ गर्ने गर्दछ ।

बुद्धको ज्ञान प्राप्तिका अन्य छवटा पवित्र स्थलहरूमा बुद्वले ६ वर्ष सम्म हाड र छाला मात्र हुने गरि ध्यान तपस्या गरेको ठाउँ , ढुङ्गश्वरी गुफा , लुडकावा ,सुजता विहार ,निरञ्जना नदी , शरनाथ , सोना भण्डार, तातोपानी, सम्राट् विम्वीसरको जेल, वेनुवन, गृद्दकुट पर्वत, नालन्दा विश्वविद्यालय , राजगिरा लगायतका स्थलहरुमा दर्शन तथा हेर्न मानिसहरु पुग्ने गरेकाछन् । बोधिवृक्ष भनेको पिपलकाे रुख छ त्यही मुनि बुद्धको ज्ञान प्राप्तगरेको ठाउँमा विश्व भरका बाैद्व धर्म लम्बीले ध्यान साधाना गर्दछन् । विगत २८ वर्ष (सन् 1996) देखि काग्यु मोन्लम छेन्मो ( महापुजा ) आयाेजना हुदै आईरहेकाछन् । परम् पावन १७ ओै ग्याल्वा कर्मापा रिन्पोछे ठिले थाये दोर्जेज्यूको प्रमुख आतिथ्यमा हरेक वर्ष डिसेम्बर १५ देखि २१ (Dec 15-21) सम्म सञ्चालन हुने गर्दछ ।

यश वर्षको “काग्यु मोन्लाम् छ्योन्मो-2024” भखरै विश्व भरका बाैद्व धर्म गुरु , भिक्षु, सामान्य साधाकहरुकाे भव्य उपस्थितिमा सम्पन्न भएकाछन् । मोन्लमा शान्त , प्रचुर ऊर्जा र आरामदायी आनन्द, मैले पाए । परम पावन १७ औं ग्याल्वा कर्मापा ठिले थाये दोर्जेले काग्यु ​​मोन्लाममा बोधिवृक्षमुनि प्रार्थना गरिरहनुभएको थियो। जब जब कर्मापा महाबोधि मन्दिरमा आफ्नो सिंहासनमा विराजमान हुनुहुन्थ्यो, उहाँको आशीर्वाद लिन विभिन्न व्यक्तिहरू र अभ्यासकहरूको समूह अगाडि आउनुहुन्थ्यो। उहाँलाई काग्यु ​​मोनलाम प्रायोजकहरू र विभिन्न रिनपोछे र लामाहरूद्वारा मण्डला प्रसाद र प्रबुद्ध शरीर, वाणी र दिमागको प्रतीकात्मक उपहारहरू पनि प्रदान गरिएको थियो। कर्मापाले पनि कर्मापा गोन्पामा हरेक दिन भिक्षु र सामान्य साधकहरूलाई आशीर्वाद र धर्म सल्लाह दिनुभयो। कर्मापाले बुद्ध प्रतिमालाई सुनको रंगको नयाँ कोट चढाउन भएको थियो। महाबोधि मन्दिरका पूज्य भिक्षुहरूमध्ये एकले बुद्धको सम्पूर्ण शरीरमा सुनको पेन्ट लगाएको बेला कर्मापा र उनका भिक्षुहरूले भव्य मूर्तिको अगाडि प्रार्थना गरेका थिए । बाेधिवृक्ष मुनि पुगेका सबै मानिस मानाै वर्षाै देखिको परिचित लाग्ने , नजिककाे आत्मियता महसुस हुने शान्त वातावरण माेन्लमकाे गुन्जिरहेकाे ध्वनि एवम् श्वरहरले मनमस्तिस्कलाई छुने आहा छुट्टै आन्नद मानाै सुन, मणि, हिरा रत्नले भरिएको सन्सार छु भन्ने आभास हुने ।

जिवनमा एक चाेटि पाईला टेक्न सकिए पनि करोडौं पुन्य सन्चय हुने विश्वास छ । अब सबैलाई सुनेपछि कर्मपाकाे विषयमा बुझ्ने जान्ने ईच्छा हुन्छ मेराे जस्तै मइले कर्मापा र काग्यु बुद्विजम विषयमा बुझ्ने अध्यययन गर्ने क्रम जारी छ साेहि क्रममा संछिप्तमा तिब्बत मा ४ वटा परमपरा मध्ये काग्यु कर्मपा एउटा प्रमुख परम्परा हाे ।

काग्यु परम्परा भित्र कर्मपा उपाधि प्राप्त गर्नु भयो भने नालन्दा बाैद्व विश्व विद्यालयमा तत्कालीन मुसलमान शासक बग्दाद् खिल्जिले आक्रमण गरेर ध्वस्त बनाएको समयमा नालन्दा विश्वविद्यालयकाे अन्तिम खेन्पाे उपाध्याय कास्मिरका महापण्डित शाक्यश्री भद्र तिब्बत प्रस्थान गरेपछि तिब्बतमा कर्मापा संग भेट भयाे , त्यतिबेला दिसुम खेन्पा मात्र थियोे उहाँ कर्मपाकाे उपाधि पाएपछि कर्मापाको नामले प्रख्यात भए , तिब्बत काे ४ वटा परम्परा मध्ये सबभन्दा पहिला हिमालय बुद्विजम भित्र टुल्कु परम्परा (निर्माणकाय परम्परा) काे सुत्रपात गर्ने प्रमुख व्यक्ति उहाँ हुनुहुन्छ ,उहाँ भन्दा कुनै टुल्कु थिएन , उहाँले प्रथम दिसुम खेन्पाेले सुत्रपात गरेको हुनाले दाेस्राे कर्मपा कर्मपछि बल्ल निर्माणकायकाे स्थापित भएको मान्निछ त्यसै कारणले उहाँ अहिले महा धर्म गुरु १७ ओै अवतारी ग्याल्वा कर्मपा ठिन्ले थाये दाेर्जे हुनुहुन्छ , दुइजिन लाेपाेन रिम्पाेछे दावा साङ्बो योल्मोपाबाट जानकारी लिने बुझ्ने अवसर पाए ।

उहाँ बाैद्व विश्व विद्यालय लुम्बिनीबाट बुद्विजम अध्ययन गरि राष्ट्र पति डा. रामवरण यादव बाट लाेपाेन रिम्पाेछे र परम् पावन १७ औं ग्याल्वा कर्मापाबाट दुङ्जिन् रिन्पोछे उपाधि पाउनु भएको पाँचपोखरी थाङ्पाल-१, सिन्धुपाल्चोक, योल्मो क्षेत्र निवासी दुङ्जिन लाेपन रिम्पाेछे हुनुहुन्छ ।

 

 

 

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।