बिस्कुटको प्याकेटमा ब्राउनसुगर ल्याउने पाँचथरका दुईजना पक्राउ

झापा, पुस २४ । झापाको काँकरभिट्टामा बिस्कुटको प्याकेटभित्र भारतबाट ब्राउनसुगर लुकाएर ल्याउँदै गर्दा दुईजना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा पाँचथर मिक्लाजुङ-४ रवि का ३१ वर्षीय दिलप्रसाद राई र ५ नम्बर वडा घर भई हाल दमक २ हिमालय टोलमा बस्ने २९ वर्षीया स्मारिका नेम्वाङ रहेका छन् ।

हिजो राति ८ः३० बजे काँकरभिट्टास्थित पुरानो मेची पुलमा भारतको पानीट्याङ्कीबाट सिटी सफारीमा काँकरभिट्टातर्फ आउँदै गरेका उनीहरुलाई ब्राउनसुगरसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

उनीहरुले झोलामा पतञ्जली दुध लेखिएको बिस्कुटको प्याकेटभित्र लुकाएर ब्राउनसुगर ल्याएको झापाका प्रवक्त कृष्णकुमार चन्दले जानकारी दिए ।

४ ग्राम ब्राउनसुगरसहित दुवैलाई आवश्यक कारबाहीको लागि इलाका प्रहरी कार्यालय काँकरभिट्टामा राखिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।-झापाटुडे

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।