तेमाल-२ मा दोस्रो वडा अध्यक्ष कप फुटबल प्रतियोगिता हुँदै

काभ्रे । ‘एकताबद्ध देश, खेलकुदको सन्देश’ भन्ने मुल नाराका साथ तेमाल गाउँपालिका वडा नं. २ मा दोस्रो वडा अध्यक्ष कप फुटबल प्रतियोगिता हुने भएको छ ।

वडा नं. २ को आर्थिक सहयोगमा राइजिङ स्टार फुटबल क्लब डाँडागाउँद्धार आयोजना गर्न लागेको उक्त प्रतियोगितालाई खुल्ला प्रतिस्पर्धा गर्ने भएको छ ।

तामाङहरुको राष्ट्रिय पर्व ल्होछारको अबसर पारेर यहीँ आउदो माघ ११ गतेबाट तेमाल-२ स्थित गोठडाँडा सिमलचौर खेल मैदानमा फुटबल प्रतियोगिता हुनेछ ।

प्रतियोगितामा प्रथम हुने क्लबलाई रु ५५,५५५/- कप, मेडल र प्रमाणपत्र दोस्रो हुने क्लबलाई ३३,३३३/- मेडल र प्रमाणपत्रको व्यवस्था गरेको छ ।

आयोजक टिमले प्रतियोगितामा दर्ता शुल्का ५०००/- राखेको छ भने टिम दर्ता माघ ८ गतेसम्म मात्र गर्न पाउने छ । वडा अध्यक्ष कप फुटबल प्रतियोगिताको उद्घाटन प्रदेशसभा सदस्य एवम् पुर्व मन्त्री रत्न ढकालले उद्घाटन गर्ने आयोजक टिमका निरोज तामाङले बताए ।

अगिल्लो प्रथम वडा अध्यक्ष कपमा केही प्राविधिक त्रुटिको कारण विवाद भएकोले यस पटक सबै त्रुटिहरुबाट पाठ सिक्दै विवाद रहित प्रतियोगिता सम्पन्न गर्ने विश्वास आयोजक टिमले लिएको छ ।

विशेषगरी स्थानीय प्रतिभावान खेलाडीहरुको पहिचान तथा युवाहरूमा एकताको महत्त्व स्थापित गर्ने उदेश्यले आयोजक टिम राइजिङ स्टार फुटबल क्लबले लामो समयदेखि खेलसंग सम्बन्धित विभिन्न गतिविधि गर्दै आइरहेका छन् ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।