झापा र मोरङबाट लागूऔषध सहित ९ जना पक्राउ

विराटनगर, पुस २५ गते । झापा र मोरङबाट लागूऔषध सहित ९ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पुस २४ गते मोरङको इलाका प्रहरी कार्यालय मधुमल्लाबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा उर्लाबारी नगरपालिका-१ का ३९ बर्षीय अमर मगर, २० बर्षीय निरज सुन्दास, २८ बर्षीय प्रेम प्रसाद खनाल, उर्लाबारी-४ का २९ बर्षीय प्रकाश श्रेष्ठ, मिक्लाजुङ गाउँपालिका-६ का २३ बर्षीय मनिष मगर र २२ बर्षीय सुदिप हुमागाईलाई १ ग्राम ब्राउन सुगर, निषेधित औषधी Spastin १०० क्यापसुल र Tramadol १०० ट्याबलेट सहित नियन्त्रणमा लिएको छ, भने इलाका प्रहरी कार्यालय हरैचाले ग्रामथान गाउँपालिका-७ का ५६ बर्षीय बबिन्द्र साहलाई ५ सय ३७ ग्राम गाँजा सहित उनकै घरबाट पक्राउ गरेको छ ।

त्यसै गरी झापाको इलाका प्रहरी कार्यालय कुमरखोदबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा झापा-६ का २३ बर्षीय समिर तामाङ र २० बर्षीय सनम तामाङलाई प्रतिवन्धित औषधी १ सय ९५ ट्याब्लेट Tramadol र Spaspain सहित नियन्त्रणमा लिएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖