इजालासमा रबिको प्रतिबद्दता, ‘थुनामुक्त गरिदिनुहोस्, पीडितको रकम फिर्ताका लागि पहल गर्छु’

पोखरा, २५ पुस । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रबि लामिछानेले थुनामुक्त गरेमा सहकारी पीडितको रकम फिर्ता गर्ने पहल गर्ने जनाएका छन् ।

 

जिल्ला अदालत कास्कीमा आरोपीलाइ कुरा राख्ने समय दिए पछि अदालतको इजालासमा उनले सो प्रतिबद्दता जनाएका हुन् ।

 

‘पीडितको बचत फिर्ता ल्याउन पहल गर्छु, बाहिरै बसेर पुर्पक्ष गर्ने व्यवस्था होस्, बिगतमा गृहमन्त्री हुँदा पनि मैले कुनै शक्ति दुरुपयोग गरिनँ । अब पनि दुरुपयोग गर्ने अवस्था छैन,’ न्यायधिस समक्ष लामिछानेले प्रतिबद्दता जनाएका हुन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछानेसहित सूर्यदर्शन सहकारी ठगी मुद्दामा पक्राउ परेका ७ जना आरोपीलाइ अदालत लगिएको थियो ।

 
 
उनीहरूको थुनछेक देखी जवाफी बहस सबै सकिएकाले सो मुद्दामा आजै आदेश आउने सम्भावना देखिए पछि सबै ७ आरोपीलाइ जिल्ला अदालत कास्की लगिएको हो । कास्की जिल्ला अदालतका न्यायाधीश नीतिज राईको इजलासमा प्रतिवादी पक्षका वकिल र जाहेरवाला तर्फका वकिलले जवाफी वयान हिजो साँझ सकिएको थियो । बिहिवार सबै अाराेपीलाइ कुरा राख्न समय दिइएकाे थियाे । 

 

रास्वपा सभापतिलामिछानेसहित गोर्खा मिडिया प्रालिमा सहकारीको पैसा लगेर हिनामिना गरेको लगायतको आरोपमा पूर्व डिआईजी छविलाल जोशी, लिला पछाईं र रामबहादुर गुरुङलगायत हिरासतमा रहेका छन ।  आज सरकारी वकिलले जवाफी बहस गरे पछि सम्भवतः आज नै आदेश आउने सम्भावना रहेको अदालतका स्रेस्तेदार राजन खनालले जानकारी दिए ।

ुपीडितको बचत फिर्ता ल्याउन पहल गर्छु,। बाहिरै बसेर पुर्पक्ष गर्ने व्यवस्था होस् । गृहमन्त्री हुँदा पनि शक्ति दुरुपयोग गरिनँ । अब पनि दुरुपयोग गर्ने अवस्था छैन ।ु

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।