दक्षिणकाली माताले सबैको रक्षा गरुन् ! हेर्नुहोस पौष २६ गते शुक्रवारको राशिफल

श्री शाके १९४६ बि स २०८१ साल पौष २६ गते शुक्रबार इश्वी सन २०२५ जनवरी १० तारीख पौष शुक्लपक्ष एकादशी पश्चात द्वादशी तिथी कृत्तिका नक्षत्र शुभ योग भद्रा करण चन्द्रमा वृष राशिमा आनन्दादि योगमा छत्र योग कालयुक्त नाम संवत्सर सुर्य दक्षिणायन हेमन्तऋृतु पुत्रदाएकादशीव्रत –ज्यो पं सरोज घिमिरे

मेष राशि-चु, चे, चो, ला, लि, लु, ले, लो, अ
सभा सम्मेलन तथा भोज भतेर जन्य कार्यमा सहभागीताको अवशर प्राप्त रहनेछ । आफन्त जनहरुको साथ सहयोगमा स्थिर क्षेत्रमा लगानिको अवशर जुट्नेछ । गरीरहेको कार्यमा पदोन्नतीको सम्भाबना समेत रहेकोछ ।

बृष राशि- इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
मानसम्मान प्राप्तीको सम्भाबना रहेकोछ । नजिकका मित्रजनहरु सँगको सम्बन्धमा सामान्य तिक्तता उत्पन्न हुन सक्नेछ । मनोरञ्जनका क्षेत्रमा समय ब्यतित रहला । आम्दानिका मनग्य श्रोत साधन फेला पर्नेछन ।

मीथुन राशि-का, कि, कु, घ, ङ, छ, के, को, ह
पुराना साथीभाई हरु सगँको भेटघाट रमाइलो साथै खर्च दायक साबित रहनेछ । तपाईको कार्य सम्पादनमा भएको त्रुटिको फाईदा प्रतिपक्षीहरुले सहजै उठाउन सक्नेछन । प्रेम सम्बन्धमा भने समय उत्तम रहेकोछ ।

कर्कट राशि-हि, हु, हे, हो, डा, डि, डु, डे, डो
सोच बिचार पुर्ण वाणीको आवश्यक रहनेछ । सामान्य कार्य सम्पादनमा अधिक श्रम खर्चनुपरेता पनि आम्दानि क्षेत्र सबल रहनेछ । शुभ चिन्तक हरुको साथ सहयोग द्वारा पुराना लगानि उठाउन बिशेष मद्दत मिल्नेछ ।

सिंह राशि-मा, मि, मु, मे, मो, टा, टि, टु, टे
मान्यजनहरुको साथ सहयोग मार्फत जटिल कार्य सम्पादन हुनेछन । सभासम्मेलनमा सरीक हुने अवसर जुट्नाले मन प्रशन्न रहनेछ । सबारी साधनको प्रयोगमा साबधानी अपनाउनु उत्तम रहनेछ । बिद्या सफल रहनेछ ।

कन्यमा राशि- टो, प, पि, पु, ष, ण, ठ, पे, पो
दाजुभाई तथा मित्रजनको साथ सहयोगमा गरीएका कार्यमा बिशेष फाईदा पुग्नेछ । साधारण यात्राको सम्भाबना रहको छ । कार्य सम्पादनमा भएका सामाय त्रुटिले अपजसको सामना गनु पर्ने सम्भाबना रहेको छ ।

तुला राशि- र, रि, रु, रे, रो, ता, ति, तु, ते
मनमा खिन्नता उत्पन्न हुनेछ । अरुको दबाबको अनुभब हुन सक्नेछ । स्वास्थमा देखा परेको गढबढीले कार्य सम्पादनमा सामान्य झन्झट उत्पन्न गराउला । बोलिको कारण कुलकुटुम्ब सगँको सम्बन्धमा तिक्तता पैदा हुन सक्ला ।

बृश्चिक राशि -तो, ना, नि, नु, ने, नो, या, यि, यु
कार्य सम्पादनमा लगाईएको लगनसीलताको राम्रो कदर हुनाले मन प्रशन्न रहनेछ । ब्यापार ब्यवसायको क्षेत्रबाट मनग्य लाभ उठाउन सकिएला । जिबन साथीको सहयोगमा गरीएका कार्यहरुमा सफलता हात लाग्नेछन ।

धनु राशि -ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
अपरीपक्क निर्णयले तपाई लाई गलत साबित गर्न सक्नेछ । अरुको बिश्वास गर्नाले षड्यन्त्रमा फसीएला सजग रहनु पर्ने समय रहेको छ । सामान्य आर्थिक अभाबको सामना गर्नु पर्नेछ । यात्रा खर्च दायक रहनसक्ने सम्भाबना रहेको छ ।

मकर राशि-भो, ज, जि, खि, खु, खे, खो, गा, गि
आफु भन्दा सानोको सहयोगमा गरिएका कामहरु दीगो फाईदा मुलक साबित हुनेछन । सामाजीक कार्यका निम्ति साधारण खर्च हुन सक्नेछ । बिद्या प्राप्तिको रहेको छ । सानो प्रयासले ब्यक्तित्व बिकासमा निकै टेवा पूर्याउनेछ ।

कुम्भ राशि -गु, गे, गो, सा, सि, सु, से, सो, द
सामाजिक कार्यका क्षेत्रमा धेरै समय र परीश्रम खर्चिनु पर्नेछ । सभा सम्मेलनमा सरीक हुने अबसर जुट्नेछ । कार्य सम्पादनमा भएका सामाय त्रुटिले अपजसको सामना गनु पर्ने सम्भाबना रहेको छ । पारीवारिक झोरझमेलाले सताउन सक्नेछ ।

मिन राशि-दि, दु, थ, झ, ञ, दे, दो, च, चि
शुभ चिन्तकहरुको प्रयाप्त साथ प्राप्त हुनाले कार्यसम्पादनमा सहजता रहनेछ । पराक्रममा बृद्धि हुनेछ । प्रिय मित्रजन सगँको भेटघाटले मन प्रशन्न रहला । कार्य सम्पादनमा लगाईएको लगनसीलताको राम्रो कदर हुनाले मन प्रशन्न रहनेछ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।