चौबिसे कप माघ १ बाट
नारायण कुमार राई/धनकुटा,२५ पुस । चौबिसे गाउँंपालिकाको छैटौं चौबिसे रनिङ कप फुटबल प्रतियोगिता माघ १ गतेबाट हुने भएको छ ।
आलिकाको खेलकुद बिकास समितिले आज मुढेवासमा एक कार्यक्रम गरेर खेल तालिका सार्बजनिक गरेको छ ।
मुढेवासको त्रीवेणीमा हरेक बर्ष लाग्ने ४ दिने माघी मेलाको अबसर पारेर खेल आयोजना गर्न लागिएको खेलकुद समितिका संयोजक तथा वडा नं ८ का वडा अध्यक्ष धनबहादुर लिम्बुले जानकारी दिनु भयो । मेला संगै ४ दिन सम्म चल्ने खेलमा ८ वडाका महिला र पुरुषको ८/८ टोलिको सहभागिता रहेने छ ।
खेलमा बिजयी पुरुष टोलिले नगद ६५ हजार सहित रनिङ कप र बिजेता महिला टोलिले नगद ५० हजार तथा रनिङ कप पाउने खेलकुद बिकास समितिका सदस्री जीवन कटुवालले जानकारी दिनु भयो ।
त्यस्तै उपबिजेता पुरुष र महिला टोलिले नगद ३५/३५ हजार पाउनेछ्न ।
खेल तालिका सार्बजनिक गर्दै खेल रेफ्री तथा एनफा रेफ्री तुफान चेम्जोङ्ले सबै वडाका वडा अध्यक्षअरुलाई खेलाडीहरु खेलको नियम अनुसार खेलाडी सहभागी गराईदिनुहुन नुरोध गर्नु भयो ।
कार्यक्रममा गाउंपालिकाका अध्यक्ष राजकुमार लिम्बुले खेल सफलताको शुभकामना दिनुभएको थियो । कार्यक्रममा पालिका उपाध्यक्ष टंकमाया पाङ्मी मगर,प्रमुख प्रशासकिय अधिकृत पर्शुराम दाहाल,लेखा प्रमुख सोविस तुम्बा लगाएतको उपस्थिती रहेको थियो ।


