सुनसरीबाट लागुऔषध ट्रामाडोल ४२ हजार ६ सय क्याप्सुल सहित २ जना र वेचविखन तथा ओसार पसारमा संलग्न ७ जना जना पक्राउ

सुनसरी, पुस २६ गते । सुनसरी जिल्लाको छुट्टा छुट्टै स्थानबाट लागुऔषध ट्रामाडोल ४२ हजार ६ सय क्याप्सुल सहित २ जना र वेचविखन तथा ओसार पसारमा संलग्न ७ जना जना सहित ९ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पुस २५ गते धरान-८ स्थितमा डेरा गरी बस्दै आएका हरीनगर गाउँपालिका-४ का ३१ बर्षीय अरसद अन्सारी र हरीनगर-२ का ४५ बर्षीय जियाउल अन्सारीले लागुऔषध बेचबिखन गरिरहेको छ भन्ने सुचनाको आधारमा इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले कोठा भित्र रहेको जेब्रा झोलामा लुकाईछिपाई राखेको लागुऔषध ट्रामाडोल ४२ हजार ६ सय क्याप्सुल फेला पारी दुबै जनालाई नियन्त्रणमा लिएको हो भने अस्थायी प्रहरी पोष्ट जोरसखुवाको प्रहरी टोलीले धरान-१६ का २४ बर्षीय सुमित भुजेललाई ९ सय क्याप्सुल नियन्त्रित औषधी ट्रामाडोल, ट्रामानिल र १ हजार क्यापसुल स्पास्पेन सहित नियन्त्रणमा लिएको हो ।

त्यसैगरी अस्थायी प्रहरी पोष्ट देउरालीले ट्रामोल, स्पास्पेन गरी जम्मा २६३ ट्याब्लेट, डाईजे एभिल १ सेट र नगद ४४ हजार २७५ रुपैया सहित धरान-५ का १८ बर्षीय भुपेन विश्वाकर्मा, २१ बर्षीय साहिल राई, २७ बर्षीय राकेश तामाङ, ४० बर्षीय नबराज राई र धरान- १५ की २७ बर्षीया सोनु राईलाई धरान-५ बाट पक्राउ गरेको छ ।

त्यस्तै कोशी गाउँपालिका-८ बाट इलाका प्रहरी कार्यालय भण्टाबारले १ ग्राम ७०० मिलिग्राम ब्राउन सुगर सहित प्र.२-०३-०१५ प ७४१९ नम्बरको मोटरसाईकल चालक सप्तरीका २६ बर्षीय रंजित माझीलाई नियन्त्रणमा लिएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।