धनकुटाका एक जना सहित लागुऔषध गाँजा बोकेको अवस्थामा तीन जना पक्राउ

विराटनगर, पुस २८ गते । मोरङ र सुनसरीबाट लागुऔषध गाँजा सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पुस २७ गते मोरङको धनपालथान गाउँपालिका-३ स्थितमा लागुऔषध बेचबिखान भईरहेको छ भन्ने बिशेष सुचनाको आधारमा इलाका प्रहरी कार्यालय रंगेलीबाट खटिएको प्रहरी टोलीले स्थानीय चन्द्रदेव मण्डलको घर खानतलासी गर्दा उक्त घर कोठाबाट २५ किलोग्राम गाँजा बरामद गरी मण्डललाई नियन्त्रणमा लिएको हो ।

त्यसैगरी अस्थायी प्रहरी पोष्ट विष्णुपादुका धरानले चेकजाँचको क्रममा को. २४ प ३८९२ नम्बरको मोटरसाईकलबाट १६ किलोग्राम गाँजा बरामद गरेसगै मोटरसाईकल चालक धनकुटा साँगुरीगढी गाउँपालिका-८ का २९ बर्षीय विवेक राई र मोटरसाईकल पछाडी सवार धरान-२० का २३ बर्षीय अर्जित लिम्बुलाई नियन्त्रणमा लिएको हो ।

पक्राउ परेका उनिहरुको सम्बन्धमा थप अनुसन्धान भईरहेको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।