सूचनाको हक लोकतन्त्रको आधार हो : प्रदीप ज्ञवाली

काठमाडौं । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले सूचनाको हक लोकतन्त्रको आधार भएको बताएका छन्।

आइतबार राष्ट्रिय सूचना आयोगले गरेको सूचनाको हक सम्बन्धी कानुनको अभ्यास विषयको अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले सूचनाको हकले लोकतन्त्र र पारदर्शीतालाई बलियो बनाउन सहयोग गर्ने बताए। उनले एमाले लोकतन्त्र र सूचनाको हकका विषयमा पूर्ण प्रतिबद्ध रहेको स्पष्ट पारे। 

लोकतन्त्रलाई मर्यादित बनाउन मर्यादित र  सही सूचना प्रवाह हुन आवश्यक रहेको उनले बताए। मिस इन्फरमेसन, डिसइफरमेसन, डिक फेक र फेक न्यूजहरूले दल र दलका नेतालाई प्रहार गरिनु दुखद भएको उनले स्पष्ट पारे। ‘लोकतन्त्रलाई मर्यादित कसरी बनाउने, लोकतन्त्रले दिएको अधिकारलाई सही सदुपयोग हुने व्यवस्था कसरी बनाउने भन्ने कुरालाई हेर्नुपर्छ’, उनले भने। 

राजनीतिक दलहरू पनि संविधान र कानुन मातहतमा रहेर नै काम गर्ने उनले बताए। तर, उनीहरूको बृहत् उत्तरदायित्व आम जनतासँग सम्बन्धित ज्ञवालीले स्पष्ट पारे। ‘उनीहरूले गलत गरे भने जनताले आवधिक निर्वाचन मार्फत दण्डित गर्ने व्यवस्था पनि छ, यदि दलहरूले गल्ती गरे प्रचलित कानुनबाट पनि दण्डित हुन्छ’, उनले भने। 

दलहरूको आम्दानीको आर्थिक जीवनलाई पारदर्शी गर्ने हो भने राज्यको लगानीलाई पनि जोड्नु पर्ने उनले बताए। त्यसो गरियो भने तिमीहरूले कहाँ खर्च गर्‍यो भनि माग्ने हक हुने उनको धारणा छ। यसो गर्दा दलको जीवनलाई पारदर्शी बनाउन सहयोग गर्ने ज्ञवालीले स्पष्ट पारे। 

सरकारले अध्यादेश ल्याउन सक्ने बताउँदै ज्ञवालीले यो संसद् छल्नको लागि नल्याएको बताए। संसद्को बैठक सुरु हुने वित्तिकै अध्यादेश अनुमोदनको लागि जाने भएकोले संसद्ले पास नगरे त्यो स्वतः खारेज हुने उनले स्पष्ट पारे।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖