मोरङ र उदयपुरबाट लागुऔषध सहित ४ जना पक्राउ

बिराटनगर, पुस २९ गते । मोरङ र उदयपुरबाट लागुऔषध सहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पुस २८ गते मोरङको बिराटनगर-१५ स्थितमा भारतबाट नेपालतर्फ आउदै गरेको पैदल यात्री सुन्दरहरैचा नगरपालिका-७ का २२ बर्षीय विवश राई र २७ बर्षीय निरज चौधरीलाई शंका लागि लागुऔषध नियन्त्रण ब्युरो बिराटनगरको प्रहरी टोलीले चेकजाँच गर्दा उनिहरुको साथबाट १ ग्राम २४ मिलिग्राम ब्राउन सुगर फेला पारी नियन्त्रणमा लिएको हो भने बिराटनगर-१६ बाट प्रदेश १-०२-०५२ प ७७१९ नम्बरको स्कुटर चालक बिराटनगर-८ का २७ बर्षीय निर्दोष शिवाकोटी र पछाडि सवार बिराटनगर-६ का २८ बर्षीय आषिश गिरीलाई लुपिजेसिक, डाइजापाम, फेनरागन र एभिल गरि जम्मा २० एम्पुल सहित नियन्त्रणमा लिएको हो ।

त्यसैगरी उदयपुरको बेलका नगरपालिका-७ स्थितबाट बेबारीसे अबस्थामा रहेको ५० किलोग्राम गाँजा अस्थायी प्रहरी पोष्ठ मैनामैनीले बरामद गरेको छ ।

लागुऔषध सहित पक्राउ परेका उनिहरुको थप अनुसन्धान भईरहेको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।