बर्दिवासमा आजदेखि दोश्रो मेयर कप आयोजना

महाेत्तरी, १ माघ ।  क्रिकेटमा अब्बल बन्दै आएका मधेश प्रदेशका पालिकाहरूले यसको विकास र खेलाडी उत्पादनमा ध्यान दिन थालेका छन् ।

 

पछिल्लो समय बाक्लै आयोजना हुँदै आएको क्रिकेट प्रतियोगिताहरुले पनि यसलाई पुष्टि गरेको छ ।

 

यसै क्रममा आजैदेखि महोत्तरीको बर्दिवासमा दोश्रो मेयर कपकोरुपमा वडास्तरिय क्रिकेट खेल प्रतियोगिताको आयोजना गरिएको छ ।  पालिकामा खेलाडीहरुको पहिचान र नविन खेलाडीहरुको उत्पादन गर्ने उदेश्यले नगरको आर्थिक सहयोगमा श्री सर्च-४४ खेलकुद तथा सांगितिक समुहको आयोजनामा पालिकाका १३ समूहविच प्रतियोगिता हुँदै छ ।

 

४ लाख खर्चको अनुमान गरिएको प्रतियोगितामा विजेतालाई ५१ हजार र उपविजेतालाई २५ हजार नगद पुरुस्कारको समेत व्यवस्था गरिएको खेल संयोजक इमेश साह (अनिल)ले जानकारी दिए ।

 

माघ ९ गतेसम्म जारी रहने उक्त खेल आजवाट औपचारिक सुरुवात गरिने आयोजक पक्षले जनाएको छ । आयोजक संस्थाका अध्यक्ष योगेश हमालका अनुसार प्रतियोगिता एउटा प्रक्रिया भएतापनि क्रिकेटमा खेलाडीहरुको उत्पादन गर्नु नै प्रमुख उदेश्य रहेको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।