पाख्रीवासको सान्नेमा सञ्चालित खुल्ला पुरुष फुटवल प्रतियोगिताको उपाधि सुनगाभा युवा क्लव सान्नेलाई
धनकुटा । धनकुटाकाे पाख्रीवास नगरपालिका वडा नं २ सान्नेमा सञ्चालित खुल्ला पुरुष फुटवल प्रतियाेगिताकाे जित सुनगाभा युवा क्लव सान्नेले हासिल गरेकाे छ ।
आज मुनु एफसी सागुरीगढी सँग फाईनल भिडेकाे उस्ले पेनाल्टिमा सुन्यकाे विरुद्व एक गाेल लगाउदै जित निकालेकाे हाे । जित सँगै सुनगाभाले नगद ३० हजार ५ सहित मेडल र प्रमाण पत्र पुरस्कार पाएकाे छ ।
माघे सक्रान्तिकाे अवसरमा नेपाल मगर संघ पाख्रीवास २ काे आयाेजनामा भएकाे प्रतियाेगितामा दाेश्राे र तेश्राे भएका मुनु एफसी र स्पर्श एकेडेमी पाख्रीवासले क्रमश: १५ हजार ५ र ५ हजार ५ नगद सहित मेडल र प्रमाण पत्र पुरस्कार पाएका छन् ।
२२ टिमले सहभागिता जनाएकाे फुटवल प्रतियाेगिता पाैष २७ गतेदेखी शुरु भएकाे थियाे ।


