नडाहा चतरा सडक खण्डमा गाडी दुर्घटना,दुई न्यायाधीश घाइते
सुनसरी । करिब ४:३० बजेको समयमा बराहक्षेत्र नगरपालिका ३ चतरा – नडाहा सडक खण्ड अन्तर्गत नडाहादेखी करिब ८ सय मि माथी चतरा तर्फबाट आइरहेको बागमती प्रदेशको ७१४६ नम्बर हुन्डाइ आइ-टेन दुर्घटनाग्रस्त भएको छ।
दुर्घटना भएको गाडीमा ४ जना सवार रहेका थिए भने उक्त गाडी उच्च अदालत पाटनको रहेको जानकारी प्राप्त भएको छ भने नडाहा प्रहरी चौकी र चतरा शसस्त्र प्रहरीले घटना स्थान पुगेर घाइते भएकाहरु लाई बिराटनगरमा रहेको हस्पिटल पठाएको छ ।
न्यायाधीश नराथत प्रसाद रेग्मी र कृष्ण खनाल भने गम्भीर घाइते भएको नडाहा प्रहरीले जनाएको छ।


