इटहरीमा मोटरसाइकल दुर्घटना हुंदा भोजपुर हतुवागढीका राईको मृत्यु

इटहरी । इटहरी २० तरहरामा मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा भोजपुरको हतुवागढी गाउँपालिका वडा नं. ५ का ३१ वर्षीय विजय राई (मुकेश) रहेका छन् ।

उनी नेकपा एमाले भोजपुर हतुवागढी वडा नं. ५ का अध्यक्ष हुन् ।

मंगलबार बेलुका ७ः४० बजे इटहरी उपमहानगरपालिका वडा नं.२० हिमशिखर बोर्डिङ स्कुल नजिकै भित्री सडकखण्डमा तरहरा बजारतर्फ आउँदै गरेको को ३८ प २००९ नम्बरको मोटरसाइकल आँफै अनियन्त्रित भएर सडकको दाँहिने तर्फको बिजुलीको पोलमा ठोक्किएर दुर्घटना भएको इलाका प्रहरी कार्यालय इटहरीका डीएसपी लक्ष्मी भण्डारीले जानकारी दिए ।

मोटरसाइकलमा सवार रहेका राई घटनामा गम्भीर घाइते भएका थिए ।

तरहरा प्रहरी चौकी घटनास्थलमा खटिएर उपचारका लागि तत्काल बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको थियो । तर, उपचारका लागि लगिएपनि चिकित्सकले मंगलबार राति ८ः१० बजे नै मृत घोषित गरेको डीएसपी भण्डारीले जानकारी दिए ।

शव बीपी प्रतिष्ठानको शव गृहमा राखिएको प्रहरीले जनाएको छ ।

मोटरसाइकल चालक इटहरी २० बस्ने १९ वर्षीय अनिष बस्नेत घाइते भएका छन् । मोटरसाइकल तरहरा प्रहरी चौकीको नियन्त्रणमा रहेको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

तीव्र गतिका कारण मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना भएको हुनसक्ने प्रहरीले जनाएको छ ।-टाकुरा न्यूज

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।