सुनसरी र मोरङमा भएको मोटरसाईकल दुर्घटनाबाट दुई जनाको मृत्यु
विराटनगर,माघ २ गते । सुनसरी र मोरङमा भएको दुई छुट्टा छुट्टै मोटरसाईकल दुर्घटनाबाट २ जनाको मृत्यु भएको छ ।
हिजो राती पौने ८ बजे सुनसरीको इटहरी उपमहानगरपालिका २० स्थित भित्र सडक खण्डमा तरहरा बजार तर्फ आउदै गरेको को ३८ प २००९ नं. को मोटरसाईकल आँफै अनियन्त्रित भई सडकको दाँहिने तर्फको बिजुलीको पोलमा ठोक्किई दुर्घटना हुँदा टाउकोमा चोट लागी गम्भिर घाईते भएका चालक इटहरी १९ का ३१ बर्षीय विजय राईको बि.पि.कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरानमा उपचारको क्रममा मृत्यु भएको थियो ।
यसै गरी आज राती पौने १ बजे मोरङको बुढिगंगा गाँउपालिका २ सक्मा स्थित भित्री सडक खण्डमा टंकिचोकबाट सक्मा तर्फ जाँदै गरेको प्रदेश १-०२-०४५ प ९३५७ न. को मोटरसाईकल आफै अनियन्त्रित भई दुर्घटना हुँदा गम्भिर घाईते भएका चालक विराटनगर ४ का २१ बर्षीय श्याम गडेरीको उपचारको लागी विराट टिचिङ अस्पताल गंगाचौक पुर्याई डाक्टरले चेकजाँच गर्दा मृत्यु भईसकेको थियो ।
उक्त सवारी दुर्घटना भएका दुवै सवारी साधनहरु प्रहरीले नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको छ ।


