निर्माण ब्यावसायी उत्रे आन्दोलनमा, २८ मध्ये २२ अर्ब निकास भइसक्योः अर्थमन्त्री

काठमाडौं, २ माघ । सरकारले समयमा नै भुक्तानी नगरे पछि निर्माण ब्यवसायीले आन्दोलनको घोषणा गरेका छन ।

 

भोली अर्थात माघ ३ गतेदेखि चरणबद्ध रूपमा सरकार बिरूद्द आन्दोलनमा जाने घोषणा निर्माण व्यावसायीले गरेका हुन । 

 

नेपाल निर्माण व्यवसायी महासङ्घका अनुसार माघ ३ गतेदेखि ७ गतेसम्म १४ बुँदे मागसहित प्रधानमन्त्री र विकास निर्माण सबन्धि मन्त्रीहरूलाई ज्ञापनपत्र दिने काम सुरू गरिनेछ ।

र, माघ १८ गते राजधानीस्थित माइतीघर मण्डलामा धर्ना दिने, २० गते प्रधानमन्त्री निवास बालुवाटारमा धर्ना दिने र २१ गतेदेखि राजधानी प्रवेश गरेर पूर्व पश्चिमका नाका ठप्प पार्ने कार्यक्रम तय भएको  महासचिव रोशन दाहालले जानकारी दिए ।

 

यसपछि पनि माग पुरा नभए राष्ट्रिय गौरवका आयोजनासहित सबै खालका निर्माण कार्य ठप्प पार्ने गरी अर्को चरणको आन्दोलन घोषणा गरिने उनीहरूले चेतावनी दिएका छन ।

निर्माण सामग्रीको मूल्यवृद्धि, लामो समयदेखि सरकारबाट भुक्तानी नभएको, राष्ट्र बैङ्कले दिइएको सुविधा कटौती लगायतका कारण निर्माण उद्योग सङ्कटमा परेको उनीहरूको दावी रहेको छ ।

 

तर,  उपप्रधान तथा अर्थ मन्त्री बिष्णु पौडेलले भने सरकारको दायित्व अन्तर्गत निर्माण व्यवसायीहरुलाई कुल २८ अर्ब ८९ करोड रुपैयाँ भुक्तानी गर्नुपर्ने देखिएकोमा २२ अर्ब भुक्तानी भइसकेकाे जनाएका छन । उनका अनुसार  अब करिव ६ अर्ब भुक्तानी हुन बाँकी रहेको र त्यसमा पनि प्रकृयामा रहेकालाई प्राथमिकतामा राखेर भुक्तानी गरिने जानकारी यसअघि दिएका थिए ।

साेही बिच, निर्माण ब्यावसायीले अान्दाेलनकाे घाेषणा गरेका हुन् । 

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।