संखुवासभामा पाँच वटा घर जलेर नष्ट, २ करोड रुपैयाँ बढीको क्षति

संखुवासभा, माघ ३ । संखुवासभाको सभापोखरी गाउँपालिका-६ बाह्रविसे बजारमा बुधबार दिउँसो भएको आगलागीबाट २ करोड रुपैयाँ बढीको क्षति भएको छ ।

आगलागीबाट बाह्रबीसेमा पाँच वटा घर जलेर नष्ट भएको थियो । आगो नेपाली सेना, प्रहरी र स्थानीयवासीको सक्रियतामा नियन्त्रणमा लिइएको थियो । गाउँपालिका अध्यक्ष भिम सिङ्थाका अनुसार घरमा रहेको गरगहना, लत्ताकपडा र खाद्यान्न कसैले झिक्न पाएनन् ।

आगलागी पीडितलाई सभापोखरी गाउँपालिकाले राहत बितरण गरेको छ । गाउँपालिकाले उनीहरुलाई दुई सेट ओड्ने ओछ्याउने, भान्सामा प्रयोग हुने सामाग्री र खाद्यान्न बितरण गरेको हो । अग्नी पीडित आफन्त र छिमेकीकोमा बसेका छन् ।

आगलागीबाट रामबहादुर राई, अमृता राई, लालसिंह लिम्बु, शुशिल तामाङ्ग र निर्मला कालाखेतीको घर जलेको प्रहरी निरीक्षक रामकुमार लामिछानेले बताए। आगलागीबाट पाँच घरका कम्तिमा १७ जना विस्थापित भएका छन् ।

बुधवार दिउँसो २ बजे देखि रामबहादुर राईको घरवाट आगलागी शुरुभएको थियो । पाँचवटै घर ढुंगामाटोले बनेकाले आगलागीमा क्षति भएको हो । आगलागीबाट मानवीय क्षति भएको छैन ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।