पुलिस क्लब भयो जय ट्रफीको च्याम्पियन

काठमाडौं, ३ माघ । नेपाल पुलिस क्लबले जय ट्रफी हात पारेको छ ।

 

त्रिभुवन आर्मी क्लबविरुद्ध २८ रनको जित निकाल्दै नेपाल पुलिस क्लबले जय ट्रफी पुरुष एलिट कपको च्याम्पियन भएको हो ।

वीरगन्जस्थित नारायणी क्रिकेट मैदानमा तेस्रो दिन बिहीबार पुलिसले प्रस्तुत गरेको १०३ रनको लक्ष्य पछ्याएको आर्मी ७४ रनमा समेटन सफल भएको हो ।

 

आर्मीका लागि इम्रान शेखले २८, कप्तान विनोद भण्डारी र सोमपाल कामीले समान ११ रन बनाएका थिए भने पुलिसका सागर ढकालले ६ र ललितनाराण राजवंशीले चार विकेट लिएका छन ।

 

पुलिस दोस्रो इनिङमा १३९ बनाएपछि आर्मीले १०३ रनको लक्ष्य प्राप्त गरेको थियो । १३२–९ को स्थितीमा तेस्रो दिनको सुरुआत गरेको पुलिसले ७ रन थाप्दा बाँकी एक विकेट गुमाउन बिबश भयो । 

 

पुलिसका लागि कुशल भुर्लेल ४५, दिलिप नाथ ३४, राशिद खान १८ र अमीत श्रेष्ठले १३ रन जोडे भने आर्मीका लागि शाहब आलम र बसिर अहमदले समान पाँच विकेट लिएका थिए ।
 

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।