उद्योग मन्त्रालयको बजेट कार्यान्वयन द्रूत गतिमा अघि बढाउन निर्देशन

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको चालू आर्थिक वर्ष २०८१/८२को बजेट कार्यान्वयनका सम्बन्धमा हालसम्मको अवस्थाबारे छलफल सम्पन्न भएको छ। 

मन्त्री दामोदर भण्डारीको उपस्थितिमा भएको छलफलमा मन्त्रालयका सचिव द्वय कृष्ण बहादुर राउत र गोविन्द बहादुर कार्की, महाशाखा प्रमुख तथा विभागीय प्रमुखहरूको उपस्थिति रहेको थियो। 

छलफलका क्रममा हालसम्म मन्त्रालयको कार्य प्रगतिको समीक्षा गर्दै बजेट तथा कार्यक्रम कार्यान्वयनको सम्बन्धमा देखा परेका समस्या यथाशीघ्र निराकरण गरी बजेट तथा कार्यक्रम कार्यान्वयनलाई तीव्रता दिन मन्त्री भण्डारीले निर्देशन दिए। 

उनले हालसम्मको कार्य प्रगतिको रिपोटिंग पेस गरेका महाशाखा प्रमुख र विभागीय प्रमुखलाई कार्य सम्पादन कार्य द्रूत गतिमा अघि बढाई कामको शतप्रतिशत परिणाम दिने गरी काम निर्देशित गरेका छन्।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।