झापामा पत्नीले धारिलो हतियारले हान्दा पति गम्भीर घाइते

झापा । झापाको मेचीनगरमा पतिपत्नीबीचको झगडामा पत्नीले धारिलो हतियारले हान्दा पति गम्भीर घाइते भएका छन् ।

मेचीनगर-६ जेसिका ठ्याकमा हरि श्रेष्ठको घरमा डेरामा बस्ने ३१ वर्षीय अमर लिम्बूलाई उनकी पत्नी २८ वर्षीया सुमित्रा खत्री (लिम्बू) ले आपसी विवादपछि धारिलो हतियार प्रहार गरेकी थिइन् ।

अमरको टाउको र हातमा गहिरो चोट लागेको प्रहरीले जनाएको छ । उनलाई उपचारका लागि आम्दा मेची अस्पताल धुलाबारी पठाइएको छ ।

घाइतेको अवस्था मध्यम रहेको र धारिलो हतियार प्रहार गर्ने उनकी पत्नी सुमित्रालाई इलाका प्रहरी कार्यालय काँकरभिट्टाले नियन्त्रणमा लिएको छ ।

खत्रीले हिजो साँझ ०७ः२५ बजे पति अमरलाई हतियार प्रहार गरेकी हुन् । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । उनीहरुको स्थायी घर अर्जुनधारा-२ खुदुनाबारी भएको बताइएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।