नेकपा एस निकट प्रेस संगठनको नेतृत्व रित्तियो, अध्यक्षसहित पदाधिकारी चौतारीमा प्रवेश

काठमाडौं, ४ माघ । नेकपा एस निकट पत्रकारको संस्था नेपाल समाजवादी प्रेस संगठनले अध्यक्ष बिश्वमणी सुबेदी प्रेस चौतारीमा प्रवेश गरेका छन ।

 

काठमाडौंमा आयोजित एक समारोहका बिचमा अध्यक्ष सुवेदीलाइ प्रेस चौतारीका अध्यक्ष गणेश बस्नेतलगायतले स्वागत गरेका थिए । सो कार्यक्रममा नेकपा एमालेका महासचिव शंकर पोखरेल, प्रचार बिभाग प्रमुख राजेन्द्र गौतमलगायतको उपस्थिति रहेको थियो ।

 

यसैगरी, सुबेदीको नेतृत्वमा सुवेदीसँगै संगठनका उपाध्यक्ष नरेन्द्र साउँद र अर्का उपाध्यक्ष सविन शर्मा, महासचिव रामकुमार एलन, सचिव नेपोलियन चेपाङ, कोषाध्यक्ष कृपा भण्डारी, केन्द्रीय सदस्यहरू आशिष गुरागाईं, सौगात मिश्र, केन्द्रिय सल्लाहकार माधव पाैडेल पनि प्रेस चौतारीमा प्रवेश गरेको जनाइएको छ ।

 

 

उता, प्रेस चौतारीमा प्रवेश गर्ने बितिक्कै सुबेदीलाइ निष्काषन गरिएका पुरानो संगठन समाजवादी प्रेस संगठनका बरिष्ठ उपाध्यक्ष नवराज छत्कुलीले जानकारी दिएका छन्  ।

 

‘संगठनका अध्यक्ष बिश्वमणी सुबेदीले लामो समयसम्म संगठनको बैठकसमेत नबसाएको, नेपाल पत्रकार महासंघको निर्वाचनमा संगठनका उम्मेदवार बिरूद्द लागेको, संगठनको रकम आफूखुसी हिनामिना गरेको, संगठनको केन्द्रिय कार्यालय बन्दी गरी संगठनको बिरूद्द निरन्तर गतिबिधि गरिरहेको हुनाले बिधानको धारा ७.१ को (ग) बमोजिक साधारण सदस्यसमते नरहने गरी निष्काषन गरिएको जानकारी गराइन्छ’ छत्कुलीले जारी गरेको बिज्ञप्तिमा भनिएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।