मोरङको पथरी-शनिश्चरे मा रहेको जालपादेवी आधारभूत विद्यालयका विद्यार्थीलाई न्यानो कपडा वितरण

पथरी – मोरङको पथरी-शनिश्चरे वडा नम्बर १० मा रहेको जालपादेवी आधारभूत विद्यालयका विद्यार्थीलाई न्यानो कपडा वितरण गरिएको छ।

कक्षा १ देखि ८ कक्षासम्मका १२० विद्यार्थीलाई शुक्रबार एक कार्यक्रमका बीच न्यानो कपडा वितरण गरिएको हो।

तराईमा हुस्सु/कुहिरोका कारण चिसो बढिरहेका बेला विद्यार्थीलाई न्यानो कपडा वितरण गरिएको हो।

देवराज थापा, सामुदायिक वन उपभोक्ता महासंघ नेपाल जिल्ला महासंघ मोरङका कार्यवाहक अध्यक्ष मदन पोखरेल, डाँस-मोरङ्गी सामुदायिक वनका अध्यक्ष हरि निरौला, अमेरिका निवासी प्रदीप कट्वाल, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पदम पाख्रिन, नरेन्द्र गुरुङ, खगेन्द्रबहादुर थापा, सन्तोष कठायत, नवीन श्रेष्ठ, हेमा भट्टराई, मीना कुमारी तामाङ, नरेन्द्र योञ्जन, उमेश कार्की र खगेन्द्र खड्काले करिब १ लाख ६२ हजार रुपैयाँ आर्थिक सहयोग गरी उक्त कपडा उपलब्ध गराएका थिए।

उक्त रकमले १२० थान ट्रयाक सुट र भेष्ट खरिद गरी विद्यार्थीलाई वितरण गरिएको थियो।

कपडा वितरण कार्यक्रममा पथरी-शनिश्चरे नगर प्रमुख मोहन तुम्वापो, वडाका जनप्रतिनिधि लगायतको उपस्थिति रहेको थियो।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।