सुनसरीको धरानबाट लागूऔषध सहित एक जना पक्राउ
सुनसरी, माघ ०५ गते । सुनसरीको धरान उप-महानगरपालिका-१५ स्थितबाट लागूऔषध सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
माघ ४ गते लागुऔषधको कारोवार भईरहेको छ भन्ने विशेष सुचनाको आधारमा वडा प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले स्थानिय १८ बर्षीय किसान तामाङलाई निषेधित औषधी ट्रामाडोल ४२३० क्याप्सुल र प्रतिबन्धित औषधी स्पास्पेन ३२३० ट्याब्लेट सहित नियन्त्रणमा लिएको छ ।
लागुऔषध सहित पक्राउ परेका तामाङको इलाका प्रहरी कार्यालय धरानबाट थप अनुसन्धान भईरहेको छ ।


