सुन्दरहरैचामा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु
मोरंग । सुन्दरहरैचामा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ ।
गएराती मोरङको सुन्दरहरैचा ८ स्थित क्वेष्ट इङ्लिस स्कुल नजिकै एक घरमा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ। घरबाट बाहिर निस्किने क्रममा ७३ वर्षिय हरि घिमिरेलाई हात्तीले झम्टिएर भुईमा लडाए पछि उनको मृत्यु भएको स्थानिय भिम रेग्मीले जनाएका छन्।
मृतकलाई पोस्ट मार्टमका लागि लान तयारि भईरहेको उनले जनाएका छन्।
हात्तीको कारण हाल सम्म सुन्दरहरैचामा ३ जनाको ज्यान गईसकेको छ।


