इटहरीबाट फरार प्रतिवादी पक्राउ

बिराटनगर, माघ ०५ गते । कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगर PIT समुहबाट खटिएको प्रहरी टोलीले लागू औषध सम्बन्धी मुद्दाका २ जना फरार प्रतिबादिलाई पक्राउ गरेको छ ।

लागू औषध मुद्दामा सम्मानित मोरङ जिल्ला अदालतको मिति २०८०।०९।१९ गतेको सजाय निर्धारण फैसला आदेशले १ महिना १३ दिन कैद बेरुजु रहि फरार रहेकी बेलबारी नगरपालिका -४ की २७ बर्षीया रेविका तामाङ र मिति २०७५/०७/१८ गतेको सजाय निर्धारण फैसला आदेशले ४ दिन कैद र २ हजार जरिबाना बेरुजु रहि फरार रहेका सुनसरी इटहरी-१२ का २८ बर्षीय रोशन भुजेललाई गाउँघरमा नै लुकिछिपी बसेको अवस्थामा फेला पारी पक्राउ गरेको हो ।

पक्राउ परेका दुबैजनालाई सम्मानित मोरङ जिल्ला अदालतमा दाखिला गरेकोमा कैद भुक्तानको लागि जिल्ला कारागार मोरङ पठाईएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।