भावुक स्टाटस लेख्दै क्रिकेटबाट सन्न्यास लिने सन्दीपको संकेत

काठमाडौं । नेपाली क्रिकेटको राष्ट्रिय टोलीका पूर्वकप्तान सन्दीप लामिछानेले खेलजीवनबाट सन्न्यास लिन खोजेको आशय व्यक्त गरेका छन् । गतराति उनले आधिकारिक फेसबुक पेजमार्फत यस्तो सन्देश दिएका हुन् ।

उनले क्रिकेटबाट सन्न्यास लिएको भनेर नखुलाए पनि आशयचाहिँ त्यस्तै लाग्नेखालको छ । सो पोस्टमा उनले सबैलाई धन्यवाद दिएका छन् । उनका शुभचिन्तकले पनि उक्त पोस्टमा निवृत्त जीवन सफल रहोस् भन्दै शुभकामना व्यक्त गरेका छन् ।

उनले फेसबुकमा लेखेका छन्, ‘धन्यवाद, सबैलाई, सबै कुराको लागि। यो देश र यस सुन्दर राष्ट्रका अविश्वसनीय मानिसहरू सधैं मेरो साथमा उभिएका छन्, मेरो यात्राको हरेक पाइलामा अटल समर्थन प्रदान गर्दै छन्। तपाईंको माया र प्रोत्साहन मेरो लागि संसारको अर्थ हो र सधैंभरि मेरो हृदयमा विशेष स्थान राख्नेछ। शब्दहरूमा व्यक्त गर्न नसकिनेगरी आभारी छु।’

सन्दीपले हालै सम्पन्न जय ट्रफीमा बागमतीको कप्तानी गरेका थिए भने केही समयअघि सम्पन्न नेपाल प्रिमियर लिगमा उनले विराटनगर किंग्सको कप्तानी गरेका थिए ।

सन्दीपले नेपालका लागि ५८ एकदिवसीय र ५८ टी-२०आई खेलेका छन् । नेपाली टोलीबाट विश्‍वकप पनि खेलिसकेका उनले आइपीएल र बीबीएललगायत विश्‍वका चर्चित लिगहरू खेलिसकेका छन् ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖