प्रेमिकाले धोका दिएको भन्दै दमकका एक ब्यक्तिले लगाए आफ्नै शरीरमा आगो

झापा । दमक घर भएका एक जना पुरुषले मोरङको उर्लाबारी आएर आफ्नै शरीरमा आगो लगाएका छन् ।

घटना आइतबार बिहान ११ः४० बजेतिरको हो । शरीरमा पेट्रोल छर्किएर दमक नगरपालिका–७ का ४० वर्षीय विनोद थापाले आगो लगाएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी वेदप्रकाश जोशीले जानकारी दिए ।

उनका अनुसार ‘प्रेमिकाले धोका दिएको’ भन्दै थापाले आफ्नै पेट्रोल छर्किएर लाइटर बाली शरीरमा आगो लगाएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । उर्लाबारी नगरपालिका–७ पश्चिम बस स्टेण्डमा रहेको अन्नपूर्ण खाजा घरनजिकै थापाले शरीरमा आगो लगाएको जोशीले बताए ।

उक्त खाजा घर दमक–३ की २८ वर्षीया इन्द्र लिम्बूले सञ्चालन गर्दै आएकी थिइन् । ‘दमकबाट उर्लाबारी आएका पुरुषले शरीरमा पेट्रोल छर्किएर आगो लगाएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । सोधपुछ गर्दा प्रेमिकाले धोका दिएकाले यस्तो गरेको भनेका छन् । थप कुरा बुझ्ने काम भइरहेको छ,’ डीएसपी जोशीले भने ।

आगोले जलेर थापा घाइते भएका छन् । अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ । कपाल, घाँटी, हातलगायत शरीरका विभिन्न भागमा आगोले पोलेको चोट रहेको प्रहरीले जनाएको छ । घाइते अवस्थाका थापाको उर्लाबारीकै अरनिको अस्पतालमा उपचार भइरहेको छ ।

थापाले शरीरमा आगो लगाएको जानकारी पाउनसाथ खटिएको इलाका प्रहरी कार्यालय उर्लाबारीका इन्स्पेक्टर राकेश यादव नेतृत्वको टोलीले आगो निभाएर उद्धार गर्दै घाइतेलाई उपचारका लागि अस्पताल लगेको थियो । घटनाको विस्तृत अनुसन्धान सुरु गरिएको डीएसपी जोशीले बताए ।-स्रोत :सुन्दरहरैचा अपडेट

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖