मनोहरा साहित्य समाजको ९७ अ‍ौं रचनावाचन शृङ्खला, पिंडाली हास्यव्यंग्य सम्मान-२०८१ अर्पण तथा पुस्तक विमोचन समारोह सम्पन्न 

काठमाडौ । मनोहरा साहित्य समाजको ९७ अ‍ौं रचनावाचन शृङ्खलामा व्यङ्ग्यकार स्रष्टा मुकुन्द आचार्यलाई पिंडाली हास्यव्यंग्य सम्मान- २०८१ अर्पण गर्दै स्रष्टाद्वय बुद्धिसागर पौडेलको “प्रगीत” तथा भालचन्द्र भण्डारी ब्रह्मगोलको “सुमधुर क्षण चियासित” काव्यकृतिसमेत लोकार्पित भए। 

ग्लोबल पब्लिक स्कुलको प्राङ्गणमा सुसम्पन्न भएको उक्त कार्यक्रममा मनोहरा साहित्य समाजका अध्यक्ष डिल्लीराज अर्याल सभानायक, सुपरिचचित साहित्यकार नरेन्द्रराज शर्मा पौडेल प्रमुख आमन्त्रित तथा नेपाली गजलका पुनरुत्थापक ज्ञानुवाकर पौडेल, नियात्राकार प्रतीक ढकाल, पिंडाली हास्यव्यंग्य सम्मान कोषका संस्थापक आर सी रिजाल, पूर्वप्रशासक देवी ज्ञवाली तथा ग्लोबल पब्लिक स्कुलका प्राचार्य मातृका कार्की विशेष आमन्त्रित हुनुहुन्थ्यो। उक्त कार्यक्रममा टिप्पणीकर्ताका रूपमा शीतल गिरी, दिव्यश्वरी जोशी तथा खोलाघरे साइलो रहनुभएको थियो। उहाँहरुले क्रमशः सम्मानित व्यक्तित्वको योगदानमाथि तथा लोकार्पित कृतिमाथि प्रकाश पार्नुभयो। कार्यक्रमलाई मनोहरा साहित्य समाजका सचिव भावकेशर बरालले सहजीकरण गर्नुभएको थियो।

सुपरिचित हास्यव्यङ्ग्यकार केशवराज पिंडालीको जन्म सप्ताहको अवसरमा आयोजित यो कार्यक्रम दीप प्रज्वलन गरी उद्घाटनपश्चात् राष्ट्रगान तथा पिंडालीको तस्बिरमा माल्यार्पणबाट प्रारम्भ भएको थियो । समाजका अध्यक्ष तथा कार्यक्रमका सभानायक डिल्लीराज अर्यालले स्वागत मन्तव्य दिनुहुँदै रचनावाचन शृङ्खलाको प्रारम्भ गर्नुभएपछि केही रचनाहरू वाचित वाचन भए।शीतल गिरीले व्यंग्य क्षेत्रमा मुकुन्द आचार्यको योगदानमा आधारित भएर परिचय प्रस्तुत गर्नुभएपछि उहाँलाई  नगद रू २० हजार सहित दोसल्ला ओढाएर “पिंडाली हास्यव्यङ्ग्य सम्मान- २०८१ अर्पण गरिएको थियोे । प्रखर हास्यव्यङ्ग्यकार केशवराज पिंडालीको नाममा स्थापित सम्मानबाट सम्मानित हुन पाउँदा आफूलाई अत्यन्तै खुसी लागेको बताउँदै मुकुन्द आचार्यले समाजप्रति कृतज्ञता ज्ञापन गर्नुभएको थियो । तत्पश्चात् दुईवटा कृति लोकार्पित भए। लोकार्पित पुस्तकमाथिको समीक्षा र सर्जकबाट रचनागर्भका विषयमा संक्षिप्त मन्तव्यपश्चात् पुनः रचनावाचन शृङ्खला जोडिएको थियो। विशेष अतिथिहरूले संक्षिप्त शुभकामना मन्तव्य तथा स्रष्टा केशवराज पिँडालीप्रति श्रद्धासुमन प्रकट गर्नुभयो। 

कार्यक्रममा मान्यता कार्की, रिमा बोहोरा, रामशरण न्यौपाने, शालिग्राम दाहाल, चेवन बस्नेत, रेशिका पाण्डे, डिल्लीप्रसाद मूलतिहुन, अनिल पौडेल, कृष्णप्रसाद पौडेल जस्ताघरे, दिव्यलक्ष्मी पोख्रेल, एमके पराशर, सम्पत् काफ्ले, कविराज घिमिरे, भुवन शिवाकोटी, पदम दाहाल, रत्ननिधि रेग्मी, वसन्त रिजाल, प्रेमनाथ घिमिरे, जमुन किरण, कृष्णबहादुर बिष्ट, विद्या अनामिका तिवारी, बालकृष्ण श्रेष्ठ, राजीव सेढाईं, ज्ञानुवाकर पौडेल, त्रिपुरा पौडेल, टी पी बराकोटी, अप्सरा पोख्रेल, सञ्जय सोती, भावना न्यौपानेलगायतले रचनावाचन गर्नुभएको थियो। कार्यक्रममा प्रमुख अतिथि नरेन्द्रप्रसाद पौडेलले साहित्यिक गतिविधिको उपादेयतामाथि प्रकाश पार्दै हास्यव्यङ्ग्य साहित्यले पार्ने प्रभावमाथि चर्चा गर्नुभएको थियो। डा चिरञ्जीवी रेग्मीले आमन्त्रित व्यक्तित्वहरूलाई धन्यवाद ज्ञापन गर्दै सभापतिको आज्ञानुसार सभा समापन भएको घोषणा गर्नुभएको थियो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।