मौरिस हर्जोगको चर्चित पुस्तक ‘अन्नपूर्ण : प्रिमियर ८०००’ अब नेपाली भाषामा

काठमाडौं । मौरिस हर्जोगको प्रसिद्ध पुस्तक ‘अन्नपूर्ण : प्रिमियर ८०००’ को नेपाली अनुवाद सकिएको छ। नेपालका लागि फ्रान्सकी महामहिम राजदूत भिर्जिनी कोर्तभालले उक्त अनुवादको मस्यौदा फाइनप्रिन्टका सीईओ नीरज भारीलाई हस्तान्तरण गरेकी छन्। 

सन् १९५१ मा पहिलो पटक प्रकाशित ऐतिहासिक यात्रावृत्तान्त अन्नपूर्णले विश्वभरिका पाठकलाई मन्त्रमुग्ध पारेको छ। यो पुस्तक अन्नपूर्णको सफल आरोहणबारे हो, जुन विश्वकै पहिलो ८००० मिटर अग्लो शिखर आरोहण थियो। यो पुस्तक दर्जनौं भाषामा अनूदित भई लाखौं प्रति बिक्री भइसकेको छ। यसले नेपाललाई विश्वभर पर्वतारोहण र साहसिक पर्यटनको प्रमुख गन्तव्यका रूपमा परिचित गराएको छ ।

तर अहिलेसम्म यो पुस्तक नेपाली भाषामा अनुवाद भएको थिएन। यस अनुवादको प्रकाशन नेपाली पाठकहरूका लागि एक महत्त्वपूर्ण उपलब्धि हुनेछ, जसले उनीहरूलाई यस अद्भुत साहसिक यात्रासँग आत्मीय रूपमा जोड्ने अवसर दिनेछ। फ्रान्सेली दूतावासद्वारा वित्तीय सहयोग रहेको यसको अनुवाद जिम्मेवारी प्रान्सेली केन्द्रलाई दिइएको थियो।

‘मौरिस हर्जोगको ‘अन्नपूर्ण : प्रिमियर ८०००’ ले नेपाललाई विश्वभर चिनाउन ठूलो भूमिका खेलेको छ, तर यो अहिलेसम्म नेपाली भाषामा आउन सकेको थिएन,’ फाइनप्रिन्टका प्रमुख कार्यकारी अधिकृत नीरज भारीले भने, ‘यस ऐतिहासिक कृतिलाई नेपालीमा अनुवाद गरेर हामी यो फ्रान्सेली–नेपाली आरोहण टोली तथा हर्जोग र लुइस लाचेनालको अद्वितीय उपलब्धिलाई सम्मान गर्न चाहन्छौँ। साथै यस पुस्तलाई  आम नेपालीसम्म पुर्‍याउने हाम्रो प्रयास हो।’ 

मौरिस हर्जोगको ‘अन्नपूर्ण : प्रिमियर ८०००’को नेपाली अनुवादलाई सहयोग गर्न पाउँदा फ्रान्सेली दूतावास गौरवान्वित भएको अनुवाद हस्तान्तरणका अवसरमा महामहिम राजदूत कोर्तभालले बताइन्। यस पुस्तकले नेपाललाई विश्वभर चिनाउने महत्त्वपूर्ण भूमिका खेलेको उनको भनाइ छ। ‘नेपाली भाषामा उपलब्ध भएपछि यस पुस्तकलाई धेरै नेपाली पाठकले आफ्नै भाषामा पढ्न पाउनेछन्। हामी आशा गर्छौं कि यस अनुवादले नेपाल र अन्यत्रका भावी पुस्ताहरूमा सकारात्मक प्रभाव पार्नेछ,’ उनले भनिन्। 

हर्जोगको अन्नपूर्ण केवल साहस र सहनशीलताको कथा मात्र होइन; यो मानव दृढता, टोली भावना र अन्वेषणको अदम्य इच्छाशक्तिको कहानी हो। यसको रोमाञ्चक कथावस्तुका अतिरिक्त यस पुस्तकले नेपाललाई अन्तर्राष्ट्रियस्तरमा चिनाउन महत्त्वपूर्ण भूमिका खेलेको छ। यसले नेपालमा पर्वतारोही र ट्रेकिङ यात्रीहरूको संख्या उल्लेखनीय रूपमा बढाएको छ, जसले नेपालको अर्थतन्त्रमा महत्त्वपूर्ण योगदान पुर्‍याएको छ र देशलाई साहसिक पर्यटनको केन्द्रका रूपमा स्थापित गराएको छ।

फ्रेन्च भाषाका अध्यापकहरू अशोक शाक्य र रिजेन्द्र श्रेष्ठले अनुवाद गरेको यस पुस्तकले नेपालको सांस्कृतिक तथा प्राकृतिक सौन्दर्यलाई उजागर गर्दै आएको छ, जसले असंख्य व्यक्तिहरूलाई नेपालको समृद्ध सांस्कृतिक सम्पदा र अनुपम हिमाली दृश्यहरू अन्वेषण गर्न प्रेरित गरेको छ। यसले नेपाललाई पर्वतारोहण र साहसिक यात्राका लागि अद्वितीय अवसरहरूको भूमिका रूपमा थप स्थापित गरेको छ।

नेपाली अनूदित संस्करण सन् २०२५ जुन ३ मा सार्वजनिक गरिनेछ, जुन दिन ठीक ७५ वर्षअघि मौरिस हर्जोग र लुइस लाचेनालले अन्नपूर्णको चुचुरोमा पाइला टेकेका थिए।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।