मोरङको मिक्लाजुङबाट प्रतिबन्धित लागू औषध सहित एक जना पक्राउ
मोरङ, माघ २० गते । मोरङको मिक्लाजुङ गाउँपालिका-७ स्थितबाट प्रतिबन्धित लागू औषध सहित १ जना पक्राउ परेका छन् ।
माघ १९ गते दिउँसो इलाका प्रहरी कार्यालय मधुमल्लाबाट खटिएको प्रहरी टोलिले चेकजाँचको क्रममा दमक नगरपालिका-३ का निखिल बिश्वकर्मालाई ट्रमाडोल र स्पास्पेन गरि जम्मा २३९ क्यप्सुल सहित पक्राउ गरेको हो ।
पक्राउ परेका उनको सम्बन्धमा थप अनुसन्धान भईरहेको छ ।


