सन्दिपले ल्याए कवितासङ्ग्रह ‘अपरावर्ती’

काठमाडौ ,२१ माघ । वसन्त पञ्चमी तथा सरस्वती पुजाको अवसर पारेर लेखक तथा कवि सन्दिप बोहोरा क्षेत्रीले पहिलो कवितासङ्ग्रह ‘अपरावर्ती’ सार्वजनिक गरेका छन् ।
 
देव डी प्रोडक्सनले बजारमा ल्याएको कवितासङ्ग्रहमा कुल ८७ कविता सङ्ग्रहित छन् । कवि तथा लेखक क्षेत्रीले समाजमा देखेको र आफ्नो भोगाईलाई अक्षरमार्फत कवितामा उतारेको बताए । 
 
उनले भने,‘कवितामार्फत आफूसँगै अरुको अस्तित्व स्वीकार्नु पर्छ भन्ने मान्यतालाई व्यक्त गरेको छु । यहाँ आफैँमा हराईरहेकालाई अरुको विषयलाई जानकारी गराउने शब्दलाई कवितामा प्रयोग गरेको छु । यसमा किसान, समाजसबैको पक्षलाई समेटिएको छ ।’
 
उनले सन् २०१५ देखि नै कविता लेख्ने गरेता पनि पछिल्ला केहि वर्षमा देखेको समाज र भोगाईलाई कवितामा उतारेको बताए । उनले ‘अपरावर्ती’ को अर्थ हार नमान्ने व्यक्ति रहेको बताए । 
 
‘यो एउटा प्रयासरत व्यक्तिको भोगाई हो । जसले हार नमानेर आफ्नो सपना साकार गर्न सङ्घर्ष गरिरहेको छ । यसलाई धेरैले रिलेट गर्नुहुन्छ भन्ने लागेको छ’, कवि क्षेत्रीले भने । ९२ पृष्ठ रहेको ’अपरावर्ती’ को बजार मुल्य ३ सय ९९ राखिएको छ ।
 

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।