प्रेस चौतारी धनकुटाले यसरी मनायो २७ औ स्थापना दिवस
धनकुटा,२२ माघ । प्रेस चौतारी नेपालको २७ औ स्थापना दिवसको अवसरमा प्रेस चौतारी धनकुटाले पत्रकारिता क्षेत्रको वर्तमान अवस्था,चुनौती र सम्भावना विषयक अन्तरकृयाको आयोजना गरेको छ ।
स्थापना दिवसको अवसर पारेर गरिएको कार्यक्रमा बोल्दै वक्ताहरुले पत्रकारिता क्षेत्रमा चुनौती र सम्भावना दुवै रहेको र यसलाई सम्वोधन गर्दै अगाडि जानु पर्ने बताए । उनिहरुले समय र अहिलेको प्रविधिको विकासले केहि चुनौती ल्याएको भए पनि त्यसलाई अवसरमा बदल्नु पर्ने धारणा समेत राखेका थिए । उनिहरुले पत्रकारले गर्ने पत्रकारिता आफ्ना लागि नभइ देश र समाजका लागी भएकोले त्यस अनुसार तीन तहका सरकारले बुझ्नु पर्ने बताएका थिए ।
कार्यक्रममा प्रेस चौतारी नेपालका केन्द्रिय सदस्य सन्तोष रुचाल, नेकपा एमाले धनकुटाका प्रचार विभाग प्रमुख रविन कट्टेल, सल्लाकार भेषराज कट्टेल, नेपाल पत्रकार महासंघ धनकुटाका अध्यक्ष विदुर खवास, नेपाल पत्रकार महासंघ धनकुटाका संस्थापक अध्यक्ष संजयसन्तोषी राई लगायत पत्रकार संघ सम्बद्ध संघ संस्थाका प्रमुख तथा प्रतिनिधि र पत्रकारहरुले आफ्ना भनाइ राखेका थिए ।
कार्यक्रमको अध्यक्षता प्रेस चौतारी धनकुटाका अध्यक्ष नारायण कुमार राईले गर्नु भएको थियो भने संचालन सचिव सन्तोष सुवेदीले गर्नु भएको थियो ।


