चौतारीमा पत्रकारिता संकटका बिषयमा छलफल
धनकुटा,२२ माघ । श्रमजिवी पत्रकारहरुको संगठन प्र्रेस चौतारी नेपालको २७ औं स्थापना दिवशको अवसरमा धनकुटा शाखाले पत्रकारीता क्षेत्रमा देखिएको संकटको बिषयमा अग्रज तथा नयाँ पत्रकारहरु संग अन्तिरक्रिया तथा परामर्श गरेको छ ।
शाखाले स्थापना दिवसको अवसरमा ‘पत्रकारिता क्षेत्रको वर्तमान अवस्था,चुनौती र सम्भावना’को बिषयमा अन्तिरक्रिया तथा छलफल कार्याक्रम गरेको हो ।
जिल्लाको खस्किदो पत्रकारीता क्षेत्रलाई पुनर्जागरण गर्न तथा पत्रकारहरुको क्षमता बिकास र सञ्चार माध्यमहरुको सवलिकरण गर्ने उदेश्यले उक्त बिषयमा अन्तरक्रिया कार्यक्रम गरिएको शाखाका अध्यक्ष नारायण कुमार राईले जानकारी दिनुभयो ।
कार्यक्रममा पत्रकार नेता तथा पत्रकारजन्य संगठनका प्रतिनीधिहरुले पत्रकारहरुको प्रबिधि मैत्री पत्रकारीतामा दक्षताको बिकास र उनीहरुको जिल्लाको आर्थिक श्रोतहरु सम्म पहुँच पुग्न सके जिल्लाको पत्रकारीता सुधार हुँदै जाने सुझाव दिएका छन् ।
कार्यक्रममा नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष द्वय सन्जय सन्तोषी र बिजय सन्तोषी राई,सल्लाहाकारहरु सोभिस चेम्जोङ,रमेशचन्द्र अधिकारी,सन्तवीर लामा,भेषराज कट्टेल,तिलबिक्रम चेम्जोङ,गोपाल बराईलीले आफ्नो धारणा राख्नुभएको थियो ।
त्यस्तै प्रेस चौतारीका केन्द्रीय निर्बाचन समिति सदस्य मानबी मोक्तान,केन्द्रीय सदस्य सन्तोष रुचाल,नेकपा एमाले धनकुटाका प्रचार बिभाग प्रमुख रबिन कट्टेलले स्थापना दिवसको शुभकामना दिनुभएको थियो ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ धनकुटाका अध्यक्ष बिदुर खवासले जिल्लाका पत्रकार र संञ्चार संस्थाहरुको बृद्धिबिकासका लागि यहि महिना भित्रमा सरोकारवालाहरु संग ब्यापक रुपमा छलफल कार्यक्रमको तय भईसकेको जानकारी दिनुभयो ।


