ह्वाइटहाउस फेस्टिभल बुधबारदेखि

काठमाडौं, २२ माघ । काठमाडौंको तीनकुनेस्थित हिमालयन ह्वाइटहाउस इन्टरनेसनल कलेजले ‘ह्वाइटहाउस फेस्टिभल २०८१’ आयोजना गर्ने भएको छ। कलेजको २५औँ स्थापना दिवसको अवसरमा गर्न लागेको यो फेस्टिभलको तेस्रो श्रृङ्खला हो। फेस्टिभल माघ २३, २४ र २५ गते कलेज परिसर तीनकुनेमा हुनेछ।

माध्यमिक तहका विद्यार्थीलाई पढाइका अतिरिक्त साहित्य, सङ्गीत, कला, खेलकुद, राजनीति लगायतका यावत् क्षेत्रमा सहभागी बनाउने उद्देश्यले यस कार्यक्रमको आयोजना गरिएको कार्यक्रमका संयोजक शैलेन्द्र अधिकारीले बताए । महोत्सवको पहिलो दिन कानुनका विद्यार्थीहरूको मुट कोर्ट, विज्ञान तथा आइटि प्रदर्शनी लगायतका कार्यक्रमहरू राखिएका छन्। मुट कोर्टमा त्रिवि कानुन संकायका सहायक डिन प्रा.डा. ज्ञानेश्वर पराजुली तथा वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी न्यायाधीशको रुपमा रहनेछन्।

कलेजकै पूर्व विद्यार्थी समेत रहेका नेपाल क्रिकेट संघ (क्यान)का सचिव पारस खड्काद्वारा उद्घाटन हुने पहिलो दिनको कार्यक्रममा विज्ञान प्रदर्शनीहरू प्रदर्शन हुने छन् भने विज्ञानः जिज्ञाशाको जवाफ विषयको सत्रमा त्रिवि विज्ञान संकायका पूर्व डिन डा. विनिल अर्याल तथा आइटि विज्ञ डा. गजेन्द्र शर्मा र इन्जिनियर्स एशोसियशनका अध्यक्ष सुबास चन्द्र बरालले विद्यार्थीहरूसँग संवाद गर्नेछन्। पहिलो दिनको अर्को सत्रमा  ‘उद्यमः कल्पनादेखि कारोबारसम्म’ शीर्षकमा कलेजकै पूर्व विद्यार्थी तथा खल्ती एपका निर्नेशक अमित अग्रवाल र सिए तथा कन्टेन्ट क्रिएटर अनुपमा संग्रौलाले उद्यमि निरज भट्टको सहजिकरणमा विद्यार्थीहरूसंग संवाद गर्नेछन्। 

पहिलो दिनको अन्तिम सत्रमा शिक्षासँग सम्बन्धित विभिन्न व्यक्तिहरूको संवाद हुनेछ भने विद्यार्थीहरूका विभिन्न प्रतिभा प्रदर्शन हुनेछ। कार्यक्रमस्थलमा विद्यार्थीहरूका प्रदर्शनी राखिएका ४५ वटा स्टल रहनेछन्।

दोस्रो दिन माघ २४ गते लिटरेचर फेस्टिबलको औपचारिक उद्घाटन डा. भगवान कोइराला लगायतका व्यक्तिहरूको विशेष आतिथ्यमा सम्पन्न हुनेछ। उद्घाटन सत्रमा राउटे समुदायका ४ जना प्रतिनिधिहरूसँग पत्रकार दीपक सापकोटाको संवादबाट फेस्टभल सुरु हुनेछ।  तीन दिनसम्म सञ्चालन हुने यस महोत्सवमा साहित्य, संस्कृति, राजनीति, प्रविधि, कला र समाजका विविध पक्षमाथि गहन छलफल हुनेछ। नेपाली साहित्य, संस्कृति, राजानीति तथा विचारको प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको महोत्सवमा ख्यातिप्राप्त लेखक, पत्रकार, कलाकार, राजनीतिक विश्लेषक, प्राज्ञिक व्यक्तित्व तथा विविध क्षेत्रका विज्ञ वक्ताहरू सहभागी हुनेछन्। महोत्सवको पहिलो दिन विज्ञान, प्रविधि, हास्यव्यंग्य र शिक्षाका विषयमा बहस तथा प्रस्तुति रहनेछ। दोस्रो दिन ‘राजनीति: विकास कि आकर्षण?’, ‘साहित्य, संगीत र अभिनय’ लगायतका विषयमा ख्यातिप्राप्त वक्ताहरूले विचार व्यक्त गर्नेछन्। यस्तै, ‘धमलाको हमला’ शीर्षकमा चर्चित पत्रकार ऋषि धमलाको विशेष सत्र पनि रहनेछ। 

अन्तिम दिन न्याय, प्रविधि, खेलकुद, विकास, उद्यमशीलता, कविता वाचन र सांगीतिक प्रस्तुति जस्ता विविध कार्यक्रम समेटिएको छ। अर्थविद् एवं प्रतिनिधि सभा सदस्य स्वर्णिम वाग्लेले नेपालको विकासका बारेमा विद्वत् प्रवचन दिनेछन्। ‘न्याय र समाज’ विषयमा सर्वोच्च अदालतकी न्यायाधीश सपना प्रधान मल्लले विद्वत् प्रवचन  राख्नेछिन् भने ‘एआई र भविष्य’ विषयक सत्रमा प्रविधि विज्ञहरूको अन्तरक्रिया हुनेछ। महोत्सवको समापनअघि कविता कन्सर्ट तथा लाइभ ब्याण्ड म्युजिकको विशेष प्रस्तुति हुनेछ।

यस महोत्सवले नेपाली साहित्य, विचार, प्रविधि, संस्कृति र समसामयिक विषयहरूलाई बहसको केन्द्रमा ल्याउँदै समाजमा ज्ञान र सृजनशीलताको प्रवर्धन गर्ने लक्ष्य राखेको छ। सबै साहित्यप्रेमी, विद्यार्थी, तथा विचारशील व्यक्तिहरूलाई महोत्सवमा सहभागी हुन कलेजले निमन्त्रणा गरेको छ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।