विश्रान्तीमा संचालन हुने शिवमहापुराणको घर दैलो प्रचार अभियान सूरु
धनकुटा,२३ माघ । धनकुटाको मुलघाटमा आगामी फागुन ४ गतेदेखि १५ गतेसम्म संचालन हुने शिवमहापुराणको घर दैलो प्रचार अभियान थलिएको छ ।
पुराण तपाईंको संयोजन विश्रान्तिको भन्ने नाराका साथ विश्रान्ति मन्दिर परिसरमा सञ्चालन हुने उक्त धार्मिक अनुष्ठानको घर दैलो कार्यक्रम सुरु गरिएको हो ।
परमादरणीय जगतगुरु अनन्त श्री विभूषित श्री बालसन्त मोहन शरण देवचार्य महाराज बाट उद्घाटन हुने पुराणको तयारी समेत भव्य रुपमा भइ रहेको े विश्रान्ति मन्दिर व्यवस्थापन समितिका महासचिव जर्नाधन घिमिरेले जानकारी दिनु भयो ।
धनकुटा सहित विभिन्न जिल्लाका भक्तजनहरु उत्साह र श्रद्धाका साथ यस कार्यक्रममा भाग लिने विश्वास विश्रान्ति मन्दिर व्यवस्थापन समितिको रहेको छ । विश्रान्तीमा यस प्रकारको शिवमहापुराण लगायन लागिएको पहिलो पटक हो ।


