काठमाडौं महानगरपालिका २६ द्वारा खेलाडीहरूलाई सम्मान

काठमाडौं – काठमाडौं महानगरपालिकाको वडा नं. २६ को प्रतिनिधित्व गर्दै विभिन्न खेलका प्रतियोगितामा पदक विजेता खेलाडी, प्रशिक्षक, अन्तर्राष्ट्रिय रेफ्री, वडाको पहिचान र प्रतिष्ठामा योगदान व्यक्तित्व, सांस्कृतिक प्रतियोगितामा विजय हासिल गर्ने व्यक्तिहरुलाई सम्मान प्रदान गरिएको छ।

आज वडामा आयोजना गरिएको कार्यक्रममा वडाध्यक्ष एवम् सुशासन समितिका संयोजक ख्यामराज तिवारीले सम्मान प्रदान गरेका हुन्।
यसरी सम्मानित हुनेमा सगरमाथा ओरोही पूर्णिमा श्रेष्ठ छिन्। उनलाई नगद २५ हजार रुपैयाँसहित सम्मान गरियो। कार्यक्रममा स्वर्ण पदक विजेतालाई नगद १५ हजार रुपैयाँसहित सम्मान, कास्य पदक विजेतालाई नगद ५ हजार रुपैयाँसहित सम्मान तथा खेलाडीहरुलाई प्रशंसा पत्र प्रदान गरिएको थियो। 

वडाका खेलाडीहरूले प्रथम खुला कास्की भेट्रान्स पुरुष बास्केटबल प्रतियोगिता २०८१, ललितपुरमा आयोजना गरिएको वडा स्तरीय खुला टेवुलटेनिस प्रतियोगितालगायत खेलमा पदक प्राप्त गरेका छन्।
त्यस क्रममा तेक्वान्दो खेलका अन्तरराष्ट्रिय निर्णायक रमिला खत्री र गौरव रजक, टेवुल टेनिस प्रशिक्षक सुरजध्वज केसी, तेक्वान्दो प्रशिक्षक नारायण पन्त, अनिल रजक, मिलन मगर, बास्केट बल प्रशिक्षक फणिन्द्रमान श्रेष्ठ र अञ्जिरमान प्रधानलाई खेल क्षेत्रको विकासमा योगदान दिए वापत सम्मान गरिएको थियो।

यस्तै, खेल संयोजन तथा व्यवस्थापनमा वडाकातर्फबाट संयोजन गर्ने वडा सदस्य प्रवेश श्रेष्ठलाई पनि सम्मान प्रदान गरिएको थियो।

सम्मान कार्यक्रममा बोल्दै वडाध्यक्ष ख्यामराज तिवारीले, पदक जित्न अरू सबै अवसर छोडेर समर्पित खेलाडीको जीविकोपार्जनका लागि सरकारले ध्यान दिनु पर्ने बताउँदै वडाले त्यस कार्यको थालनी गरेको बताए।
‘खेलमा भावना र प्रतिष्ठा दुवै जोडिएको हुन्छ। अन्तरराष्ट्रिय स्तरमा खेल्दा देशको पहिचान अभिवृद्धि हुन्छ। यसकारण खेलाडीहरुको प्रोत्साहनका लागि काम थालेका छौं,’ तिवारीले सन्तुलित विकासको प्रसङ्ग उठाउँदै भने, ‘पूर्वाधार विकाससँगै सामाजिक, आर्थिक, शैक्षिक, जनजीवन, जीविकोपार्जन, आरोग्य जीवनलगायत समाजका सबै अङ्गको सन्तुलित विकासमा हाम्रो जोड छ।’

त्यस क्रममा पूर्व वडाध्यक्ष विश्वम्भरलाल प्रधानले भने, ‘राजा त्रिभुवनका पालामा नेपालको औपचारिक फुटवल प्रशिक्षण लैनचौरबाट भएको हो। यसकारण वडा नं. २६ खेल विकासको उर्वर भूमि हो।’

उनले ४० वर्षअघिको कार्यक्रम स्मरण गर्दै भने, ‘म वडाध्यक्ष भएको समयमा यसैगरी खेलाडीहरुलाई सम्मान गरेको थिएँ। लामो समयपछि आज त्यस बेलाको कार्यक्रम जोडिएको छ। यो खुशीको कुरा हो।’
वडा सदस्य एवं खेलकुद संयोजक प्रवेश श्रेष्ठले खेल विकासका योजना सुनाउँदै भने, ‘हामी तत्काल विभिन्न ५ वटा विधाका खेलका कार्यक्रम सञ्चालन गर्दैछौँ। हामीले सञ्चालन गर्ने खेलले युृवाहरुको सक्रियतालाई बढाउने, स्वच्छ समाज निर्माणमा योगदान हुने आशा गरेका छौँ।’
तेक्वान्दो खेलका अन्तर्राष्ट्रिय रेफ्री गौरव रजकले भने, ‘पदक लिनका लागि हामीले खेलबाहेक सबै अवसर छोडेका हुन्छौँ। यसरी अवसर छोडेर देशको प्रतिष्ठाका लागि खेल खेल्नेहरुलाई सरकारले सम्झना गर्दा हर्षविभोर हुने रहेछ। वडाले प्रदान गरेको सम्मानबाट यस्तै महसुस भइरहेको छ।’
 

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।