फोनिज धनकुटाद्वारा प्रदान गरिने ‘फोनिज क्रियाशील पत्रकारिता पुरस्कार–२०८१’ पत्रकार टिएल राईलाई

धनकुटा,२४ माघ । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) धनकुटाले प्रदान गर्ने ‘फोनिज क्रियाशील पत्रकारिता पुरस्कार–२०८१’ बाट पत्रकार टिएल राई पुरस्कृत भएका छन्।

नेपाल पत्रकार महासंघ धनकुटाको सभाहलमा बिहीबार आयोजित फोनिज धनकुटाका नवनिर्वाचित कार्यसमितिको पदस्थापन कार्यक्रममा सार्वजनिक सेवा प्रशारण, रेडियो नेपाल, प्रादेशिक प्रशारण केन्द्र, धनकुटामा कार्यरत पत्रकार राईलाई पुरस्कृत गरिएको हो। पुरस्कार राशी सम्मानपत्र सहित पाँच हजार पाँच सय रुपैंयाँ रहेको छ।

पुरस्कृत राई दुई दशकभन्दा लामो समयदेखि रेडियो नेपाल, प्रादेशिक प्रशारण केन्द्र, धनकुटामा राई बान्तावा भाषाको समाचार तथा कार्यक्रम उत्पादनसँगै नेपाली भाषाको समाचार वाचकको रुपमा कार्यरत छन्। उनले पुरस्कार बापतको रकम ‘फोनिज क्रियाशील पत्रकारिता पुरस्कार’ कोषलाई नै प्रदान गरे।

कोष बृद्धिमा सहयोग पुगोस भन्ने उदेश्यले आफूले पाएको पुरस्कार रकम प्रदान गरेको पत्रकार राईले बताए। हालः कोषमा एक लाख रुपैंयाँ रहेको छ। आगामी तीन वर्षभित्र कोषलाई पाँच लाख रुपैंयाँ पुर्याउने लक्ष्य रहेको फोनिज धनकुटाकी अध्यक्ष मानवी मोक्तानले बताइन्। ‘यसका लागि हामी जिल्लाका सबै अग्रज फोनिजकर्मी र अन्य सुभेच्छुकहरुसँग समन्वय र सहकार्य गर्नेछौं’ मोक्तानले भनिन्।

कार्यक्रममा केही समयअघि निर्वाचित भएका फोनिज धनकुटाका नवनिर्वाचित अध्यक्ष, अन्य पदाधिकारी र सदस्यहरुलाई निर्वाचत मण्डलका संयोजक विजयसन्तोषी राईले निर्वाचित भएको प्रमाणपत्र प्रदान गर्दै पदस्थापन गरेका थिए। कार्यक्रममा प्रमुख अतिथि, फोनिज संघीय कार्यसमिति सदस्य बिदुर खवास, फोनिजका पूर्व संघीय सल्लाहकार सञ्जयसन्तोषी राई, निर्वाचन समिति संयोजक विजयसन्तोषी राई, सदस्य राजेश्वरबहादुर श्रेष्ठ, फोनिजका निवर्तमान प्रदेश अध्यक्ष सन्तवीर लामा, निवर्तमान प्रदेश सचिव सन्देश सुब्बा लगायतले नवनिर्वाचित कार्यसमितिलाई बधाई तथा कार्यकाल सफलताको शुभकामना दिएका थिए।

यस्तै गरि कार्यक्रममा गत मंसिरमा सम्पन्न पत्रकार महासंघको निर्वाचनमा निर्वाचित नेपाल पत्रकार महासंघ धनकुटा शाखा अध्यक्ष तथा फाेनिज संघीय सदस्य विदुर खवासलाई बधाई पत्र-प्रदान गर्दै फाेनिज जिल्ला शाखा धनकुटाले बधाई ज्ञापन गरिएको थियोे । फाेनिज जिल्ला शाखा धनकुटाकाे पाचौं अधिवेशनका निर्वाचन मञ्डल संयोजक बिजय सन्तोषी राई , निर्वाचन मञ्डल सदस्यहरु राजेश्वर बहादुर श्रेष्ठ र तिल विक्रम चेम्जोङलाई पनि धन्यवाद पत्र प्रदान गरेर सम्मान गरेको थियोे । महासंघका संस्थापक अध्यक्ष सन्जय सन कार्यक्रममा प्रेस युनियन अध्यक्ष विनाेद घिमिरे , प्रेसचाैतारी अध्यक्ष नारायण आठपहरिया , अकाेराव सामुदायिक रेडियो प्रसारक संघका केन्द्रीय उपाध्यक्ष गाेपाल बराईलि लगायतको उपस्थिति थियोे ।

फोनिज धनकुटाको आयोजना तथा तामाङ पत्रकार संघ धनकुटाको सहआयोजनामा भएको कार्यक्रम फोनिज धनकुटाकी अध्यक्ष मानवी मोक्तानको अध्यक्षतामा सम्पन्न भएको सचिव डेविट मगरले जानकारी दिए।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।